Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पानामा पेपर्स काण्डबारे उपेन्द्र महतोको अर्के खालको स्पष्टिकरण

न्यूज अप्रेशन, काठमाडौं  । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व तथा संस्थापक अध्यक्ष उपेन्द्र महतोले अन्तरराष्ट्रिय खोजपत्रकार समुहले गरेको पानामा पेपर्सु खुलासामा आफ्नो नाम मुछिएको विषयमा स्पष्टीकरण दिएका छन्।
बुधबार उनले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो स्पष्टिकरण दिएका हुन् । उनले पानामा पेपर्सले गरेको खुलासामा झैं आफूले ‘ट्याक्स हेभन टापु तथा मुलुकुमा लगानी गरेको वा नगरेको भन्ने स्पष्ट किटान नगरेको भए पनि विश्वका विभिन्न देशमा आफूले गरेको लगानी विदेशकै आर्जन भएको स्पष्ट पारेका छन्। 
आफू व्यवसायमा संलग्न भएकोले युरोप, एसिया, अफ्रिकालगायत विभिन्न महादेशका विभिन्न देशहरुमा विभिन्न व्यावसायिक प्रतिष्ठानहरुमा स्थानीय कानूनअनुसार नै लगानी गरेको खुलाएका छन् । 
विदेशमा बस्ने नेपालीले अफू बसेको ठाउँमा कमाएको पूँजी विदेशकै अन्य मुलुकमा लगानी गर्नु कानुनसम्मत र अन्तर्राष्ट्रिय प्रचलनमा रहेको पनि उनको दाबी छ । 
विदेशमा कमाएर आफूले नेपालमा समेत लगानी गरेको उबताउँदै उनले विदेशमा कमाएको पूँजी विदेशमै लगानी गर्दा भ्रष्टाचार भन्न नमिल्ने घुमाउरो आशय विज्ञप्तीमार्फत व्यक्त गरेका छन्।
विगत ३५ वर्षदेखि अध्यययन र व्यावसायीक कामको सिलसिलामा विदेशमा बसेको, विदेशमै पूँजी आर्जन गरेको, विदेशमै तथा स्वदेशमा लगानी गरेको र सन् २००३ देखि २००९ सम्म एनआरएनएको अध्यक्ष रही गैरआवासीय नेपालीहरुलाई संगठित गर्ने काम गरेकोले आफूले भ्रष्टाचारजन्य कार्य नगरेको बरु मातृभूमी नेपालकै आर्थिक विकासबारे सोचेको भन्ने आशय व्यक्त गर्दै उनले भ्रममा नपर्न सबैलाई विज्ञप्तीमार्फत आग्रह गरेका छन्।

प्रकाशित मिति: May 11, 2016

प्रतिक्रिया दिनुहोस्