Logo
१५ चैत्र २०८०, बिहीबार
(May 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हावाहुरीसगै घरको छतबाट खसेर मृत्यु

न्यूज अप्रेशन, सिराहा । सिरहा नगरपालिका धनगढी–७ बस्ने राजु यादवको सात वर्षकी छोरी लक्ष्मीकुमारी यादवको मङ्गलबार राति आएको हुरीबताससगै घरको छत बाट खसेर मृत्यु भएको छ । 
हुरीबतासले घरको ढोकामाथिको छत खसेर घाइते भएकी उनलाई लहान अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । 
त्यस्तै रामकुमार यादवको छोरा वर्ष ४ को आदर्श यादवसमेत घाइते भएको छ भने आफन्त एक महिला पनि बेहोस भएकी छिन् ।
दुवै जनाको फ्राइन्डस मोडेल अस्पताल लहानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

प्रकाशित मिति: May 11, 2016

प्रतिक्रिया दिनुहोस्