Logo
१५ चैत्र २०८०, बिहीबार
(May 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीके राउत फेरी २५ हजार धरौटीमा रिहा


न्यूज अप्रेशन, काठमाडौं । मधेश स्वतन्त्र हुनुपर्ने अभियान्ता तथा स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई २५ हजार धरौटी राखी विशेष अदालतले रिहा गर्न आदेश दिएको छ । 
मंगलबार विशेष अदालतमा उपस्थित भएका राउतको विषयमा बसहपछि उनलाई २५ हजार धरौटी राखी तारेखमा रिहा गर्ने आदेश दिएको छ ।
सप्तरीको भारदहमा प्रजातन्त्र दिवसको अवसरमा गठबन्धनका कार्यकर्ताहरुले आयोजना गरेको कार्यक्रमबाट पक्राउ गरिएकाहरुसहित डा.राउतमाथि पनि मुद्दा चलाइएको थियो ।
अदालतले हाजिर हुन आदेश गरेपछि डा.राउत यसअघि पनि हाजिर भएका थिए । यसअघि सर्वोच्च अदालतले डा.राउतमाथि लगाइएको राज्य विप्लबको मुद्दामा सफाई दिइसकेको छ । 

उनले गठबन्धनलाई आर्थिक रुपमा कमजोर बनाउन राज्यबाट धरौटी माग हुँदै आएकोले धरौटी कोष स्थापनाका लागि आफुले आम जनतासँग आग्रह गरेको बताए । 

प्रकाशित मिति: May 11, 2016

प्रतिक्रिया दिनुहोस्