मेसेजिंग तथा भ्वाइस कलिंग एप ह्वाट्सएपको नयाँ भर्जन
मेसेजिंग तथा भ्वाइस कलिंग एप ह्वाट्सएपले विन्डोज कम्पुटर तथा म्याक कम्प्युटरका लागि डेस्कटप एप सार्वज्निक गरेको छ ।
ह्वाट्सएपको उक्त डेस्कटप एपलाई कम्पनीको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।
यो नयाँ एप विन्डोज ८ तथा त्यसपछिका अपरेटिंग सिस्टमवाला डिभाइसका साथै म्याक ओएस १०।९ र त्यसपछिका अपरेटिंग सिस्टमवाला डिभाइसमा काम गर्नेछ ।
डेक्सटप एप लञ्च भएसँगै अब ह्वाट्सएप सबै लोकप्रिय प्लेटर्फमहरुमा एपका रुपमा उपलब्ध भएको छ । ह्वाट्सएप वेब लन्च गरेको १४ महिनापनि कम्पनीले ह्वाट्सएपको डेक्सटप एप सार्वजनिक गरेको हो ।
ह्वाट्सएप वेब फिचरका माध्यमबाट प्रयोगकर्ताले आफ्ना डेक्सटपको वेब ब्राउजरबाट ह्वाट्सएप चलाउन सक्दथे । तर चाहीँ डेक्सटपमा पनि ह्वाट्सएपको छुट्टै एप इन्स्टल गर्न सकिने भएको छ ।
ह्वाट्सएपले आफ्ना ब्लगमा लेखेको छः ‘हामी एक डेक्सटप एप लञ्च गरिरहेका छौँ, ता की तपाइँ जहाँसुकैबाट जहिलेपनि ह्वाट्सएप प्रयोग गर्न सक्नुहोस् ।’ #एजेन्सी