Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मल्लिका शेरावतले गरिन गुपचुप दोस्रो बिहे

मुम्बई । ३९ वर्षकी बलिउड अभिनेत्री तथा आइटम डान्सर मल्लिका शेरावतले गोप्य ढंगबाट बिहे गरेकी छिन् । उनले आफ्नो प्रेमी साइरिल आकजेनफेन्ससँग पेरिसमा बिहे गरेकी हुन् ।
दुई दिनअघि गोप्य ढंगबाट बिहे भएको उनका बाबु मुकेश लाम्बाले बताएका छन् । मल्लिकाका श्रीमान् साइरिल पेरिसका रियल स्टेट व्यापारी हुन् ।
पछिल्ला केही महिना उनी मल्लिकासँग नजिक थिए । उनीहरुबीचको फोटो अहिले समाजिक सञ्जालमा भाइरल छ । मल्लिकाका बाबु मुकेशले बिहे भएको स्विकादै अब चाडैँ बिहेको पार्टी गर्ने बताएका छन् ।
अहिले मल्लिका पेरिसमा छिन् । उनले मेइ ११ देखी २२ सम्म ६९ औँ कान फिल्म फेस्टिभलमा सहभागिता जनाउनेछिन् ।
केही समयअघि मल्लिकाले एक लाईभ भिडियोमार्फत आफू साइरिलसँग प्रेममा रहेको बताएकी थिइन् । उनले साइरिलसँग ताज महल जाने र उनलाई ठेलाको खाना खुवाउने बताएकी थिइन् ।
मल्लिकाको यो दोस्रो बिहे हो । यसअघि उनले भारतीय सेनाका कप्तान कर्ण गिलसँग बिहे गरेकी थिइन् । सन् २००१ मा उनको सम्बन्ध विच्छेद भएको थियो । #एजेन्सी 

प्रकाशित मिति: May 12, 2016

प्रतिक्रिया दिनुहोस्