Logo
१५ चैत्र २०८०, बिहीबार
(May 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वामि श्रीनिवासाचार्य भन्छन् ‘विश्वको एकमात्र हिन्दु राष्ट्र हामी सबै नेपालीको शीरको ताज हो’

गोबिन्द पोख्रेल, नयाँ दिल्ली । नेपालका विभिन्न जिल्लाहरुमा खारगरी पुर्वि भेगमा श्रीमद्भागवत कथा ज्ञान महायज्ञहरु लगाएर ख्याति कमाएका बाल सन्त स्वामि श्रीनिवासाचार्य यतिखेर दिल्लीमा छन् ।
भारतको राजधानी दिल्लीमा पहिलो पटक नेपाली भाषामा सातदिने भागवत कथा यज्ञ हुन लागेको हो । भोली अर्थात १४ मई २०१६ को समुद्घाटन सहित हुन लागेको भागवत कथा २१ मई को विधिवत रुपमा समापन हुने कार्यक्रम रहेको छ ।
बाल सन्त कार्यक्रम स्थल आश्रममा आईपुगेकाछन । भजन मण्डली सहित नेपालबाट भजन मण्डलीको टोली उदासीन आश्रम, आराम वाग पहाडगंजमा राखिएको आयोजकले बताएको छ ।
हिजो बेलुका कार्यक्रम सम्पन्न गराउन दिल्लीमा कार्यरत ब्यवस्थापन समितिको टोलीले बाल सन्तलाई भेटेको थियो । भेटमा सन्तले मुलुकको पठन पाठन सामाग्री पहिलेको जस्तो राष्ट्रियता झल्कने नभएर राष्ट्रियता शुन्य भएको गुनासो गरे ।
उनले भने हामीले पढ्दा भृकुटि र सीतालाई पढ्यौ । तर अहिले त गौतम बुद्धको विषयमा पढ्न गाह्रो छ  । हुन पनी किन नहोस । साधु सन्तहरु मिलेर महायज्ञ गर्दा आउने भक्तले उल्टै भेटी चढाएर जानुपर्छ । 
तर वाईबलको किताब समाउदा, धर्म परिवर्तन गर्दा पैसा पाईन्छ । बर्षभरीको छोरा–छोरी पढाउने फिसको जोरजाम हुन्छ । नेल्शन मण्डेलाले तेसै भनेका हैनन् । अफ्रिका कालाहरुको देश हो । कालाहरुको देशमा गोराहरु पसे । गोराहरुले वाईबल थमाईदिए । औषधि उपचार गरे । तर धर्म नाश गरिदिए । काला र गोरा जातिको धर्म युद्ध सुरु भयो ।
मानवीय आचरणलाई कायम गर्न बर्षौ संघर्ष गर्नु पर्यो । हो ठिक त्यसै गरी हाम्रो मुलुकमा बाईवल छिराएर, डलर र युरोको खेती गरेर धर्मको नाश गरिदैँ छ  ।
हिन्दुत्वलाई कायम गर्न परिवर्तनकारी ठुलो आन्दोलनको आवस्यकताछ । नेताहरु आफ्नो पार्टि हित विपरीत कहिले अगाडी आउन सकेनन् । 
स्वार्थि नेताहरुसँग हामीले सहकार्य गर्यौ । उनीहरुको स्वार्थको घडा भरिएपछी अहिले हिन्दुत्वको कुरा गर्दैनन् । त्यस्ता नेताहरुलाई वदमास भन्ने की भूतपुर्व हिन्दुवादी नेता भन्ने त्यो अब नेपाली जनता आपैmले समय आउदा बताउने उनको जिकिर थियो ।
हामीले नेपालमा आन्दोलन गर्दा तपाई प्रवासी नेपाली जनताहरुले दिल्लीमा पनी समर्थन रुपी आन्दोलन गर्न तयार रहनुपर्छ र मात्र हामी अगाडी बढ्न सकिन्छ । हामीलाई हिन्दु धर्म शंख फुक्न र घण्टा हल्लाउन चाहिएको कतैपनी हैन ।
केवल एउटै स्वार्थ भनेको हाम्रो पहिचानलाई मेटाउनु हुदैन भन्ने नै हो । विश्वको एकमात्र हिन्दु राष्ट्र हामी सबै नेपालीको शीरको ताज हो । देशको अस्मिताको लागी हो भन्दै उनले थपे हामी कसैको गुलाम भएनौ को कारण हाम्रो राष्ट्रिय हतियार त्यति शक्तिशाली छ ।
बम र बारुद अनि बन्दुकले पगाल्न नसक्ने खुकुरीको तागत विश्वको जस्तो सुकै हतियार भन्दा अब्बल भएजस्तै विश्वमा भएका अनेक धर्महरु भन्दा हिन्दु धर्म लोकतान्त्रिक रुपमै अब्बल हो र छ ।
कार्यक्रममा भजन कृतन, नाँच गाँन सबै हुने जनाइएकोछ । भारतीय प्रतिनिधी मण्डलको पनी विशेष उपस्थितीमा यो महायज्ञ भब्य र शानदार रुपमा सम्पन्न हुने जनाईएकोछ । 

प्रकाशित मिति: May 13, 2016

प्रतिक्रिया दिनुहोस्