Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरवार घेराउको तयारी, तर मोर्चा र गठबन्धनमा आन्तिरक विवाद कायमै

काठमाडौं । पछिल्लोपटक सिगो देश सहित छिमेकीका राजनीतिमा समेत असर पार्न सफल मधेसी मोर्चाले काठमाण्डौ केन्द्रित आन्दोलन थाल्ने तयारीमा रहेको छ । तर यसपटक मोर्चा एक्लै होइन बरु आदिवासी जनजातीहरुसग समेत सघिय गठबन्धन बनाई राजधानी केन्द्रित आन्दोलन थाल्ने तयारीमा रहेको छ ।

तर मोर्चाको आफनै अस्तित्व कायम रहनुपर्ने भन्दै गठबन्धनलाई नमान्ने देखि गठबन्दधनमै बसेर राष्ट्रिय आन्दोलन गर्नुपर्नेहरुसममको दवदवा रहेको छ तर राजधानी केन्द्रित भनिएको यसपटको आन्दोलन कस्तो हुने हो त्यो भने हेर्न बाकि नै रहेको छ ।

यद्यपी, जेठ दुईमा सिंहदरबार घेराउ गर्ने घोषणा गरेसँगै राजधानीमा सुरक्षा कडा पारिएको छ । राजधानीका मुख्य चोकहरुमा प्रहरीहरु तैनाथ पारिएको छ । एकाएक राजधानीमा कडा सुरक्षाको घेरामा पारिएको छ ।

राजधानीमा प्रहरीले विशेषगरी होटेल तथा रेस्टुराँमा निगरानी राखेको छ । मधेसी मोर्चाले हजारौं संख्यामा कार्यकर्ता उतार्ने जनाएसँगै नयाँ बसपार्क, बागबजारका गेस्ट हाउस, सुन्धाराका गेस्ट हाउस होटेल, कालीमाटी, गौशाला धर्मशाला, नयाँबानेश्वर, कलंकीलगायत स्थानमा प्रहरीले सूक्ष्म निगरानी राखिरहेको छ ।   
मधेसमा लामो समय आन्दोलन गरे पनि सरकारको यथेष्ट ध्यानाकर्षण हुन नसकेको निष्कर्ष सहित मधेसी मोर्चाले बिरोधका कार्यक्रम ल्याउदैँ छ ।  जेठ २ गते सिंहदरबार घेराउ गरी अन्तर्राष्ट्रियकरण गर्ने दाउमा मोर्चा छ । त्यसो त जेठ २ गते मोर्चाले  राजधानीमा आफ्नो शक्ती प्रर्दशन गर्ने गरि कार्यक्रम गर्दै छ ।
अर्यालले सीके राउततर्फ केन्द्रित रहँदै, ‘विगतमा समेत मुलुकको सार्वभौमसत्तामाथि धावा बोल्ने, साम्प्रदायिक हिंसा भड्काउनेजस्ता अभिव्यक्ति दिनेमाथि कडाभन्दा कडा निगरानी राख्दै पक्राउ गर्न पनि निर्देशन दिए ।
मधेसी मोर्चाको सिंहदरबार घेराउमा घुसपैठ पनि हुनसक्ने तर्फ पनि प्रहरी जानकार रहेको महानगरिय आयूक्त प्रतापसिहं थापाले न्यूज अभियानलाई बताए । त्यतातर्फ पनि निगरानी बढाएर व्यापक सुरक्षाकर्मी परिचालन गरी आन्दोलनमा प्रहरी बढी सजग हुनु र सुरक्षा प्रदानमा खटिनु प्रहरीको कामै हो उनले थपे ।
काठमाडौंमा ठूलो शक्ति प्रदर्शन गरेर सकेसम्म राज्यबाटै बल प्रयोग गरोस् र त्यही घटनालाई लिएर सरकारले मधेसीमाथि दमन गर्‌यो भनेर उक्त घटनालाई उत्तेजित बनाई परिस्थितिलाई असामान्य बनाउने र पुनः तराई तथा मधेसमा गएर आन्दोलन गर्ने विश्लेषण पनि एक थरिको छ ।
उपत्यका एआईजी, उपत्यकाका तीनवटै प्रहरी कार्यालयका प्रमुख, अपराध महाशाखाका प्रमुख सम्मिलित सुरक्षा बैठकमा महानिरीक्षक अर्यालले उपत्यका प्रवेश गर्ने नाकामा विशेष सुरक्षा जाँच गर्न निर्देशन दिएका छन् । बैठकमा उपत्यकाका एआईजी प्रतापसिंह थापाले उपत्यकाको सुरक्षावस्था व्यवस्थित पारिएको र मधेसी मोर्चाको सिंहदरबार घेराउलाई लक्षित गरेर प्रहरी परिचालन भइसकेको बताए ।
 जसअनुसार दैनिक एक हजार मधेसी मूलका नागरिक उपत्यका प्रवेश गर्ने गरेको रिपोर्ट पनि प्रहरीसगँ छ । तीमध्ये केही व्यापारिक र केही विदेश जाने प्रयोजनमा भित्रिएका छन् । 
नाकामा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ । प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी चार हजारको संख्यामा सुरक्षाकर्मी परिचालित हुने  एआईजी थापाले बताए ।
 बैठकमा मोर्चाका कार्यकता उत्तेजित र आक्रामक शैलीमा उत्रे पानीको फोहोरा, अश्रुग्यासदेखि लिएर अन्तिममा स्थानीय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरी गोलीसमेत चलाउन प्रहरी पछि पर्न नहुने चर्चा चलेको थियो ।
विशेषगरी बिरगंज ,बारा, पर्सा,  सिराहा, जनकपुर, धनुषा, महोत्तरी, सर्लाही र रौतहटबाट हजारौं कार्यकर्ता राजधानी उतार्ने भने पनि प्रहरीले ह्वात्तै सक्रियता बढाएको हो । सिंहदरबार घेराउ गरी सांकेतिक रूपमा मधेसको शक्ति प्रदर्शन गर्ने दाउमा मधेसी मोर्चा छ ।

प्रकाशित मिति: May 13, 2016

प्रतिक्रिया दिनुहोस्