Logo
१२ बैशाख २०८१, बुधबार
(May 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८० बर्षिया बृद्धा नरिदेविले बल्ल पाइन नागरिकता


सलिम अन्सारी, प्युठान । प्युठानको  हंसपुर गाउँकी ८० बर्षिया बृद्धा नरिदेवि सुनारले बुधवार पहिलो पटक नागरिकता प्राप्त गरेकी छन । हंसपुर  गाविसस्थित चाभामा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको सरकारी कार्यालयको एकिकृत घुम्ती शिविरमा जिल्ला प्रशासन कार्यालय प्युठानले हंसपुर गाविस १ की नरिदेवी सुनारलाई ८० वर्षको उमेरमा नागरिकता प्रदान गरेको हो ।
उनले शृमान खिम बहादुर सुनारको नामबाट नेपाली नागरिकता बनाएकी हुन। उनको नागरिकता संगै निर्बाचनका लागि चाहिने फोटो सहितको मतदाता नामावली समेत बनाइएको छ। १९९३ साल  जन्ममिति राखेर प्युठानका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्वाङले  नेपाली नागरिकता प्रदान गरेका हुन।नागरिकता प्रदान गर्दै प्रजिअ कुरुङ्वाङले यहाको शिबिरमा उनी बाहेक यति लामो समय सम्मको उमेरको नागरिकलाइ नागरिकता प्रदान नगरेको बताए। 
उमेर ढल्कदै गएपछी उनलाइ हिडदुल गर्न समेत समस्या छ। एक घण्टा टाढाको गाउंवाट   स्थानिय समाजसेवी छन्द बहादुर केसिको पहलमा  बोकेर नरिदेविलाई नागरिकता वितरण गर्ने ठाउँसम्म लगेका थिए । आँखा कम देख्ने र कान पनि कम सुन्ने सुनार अपाङ्ग समेत छिन।उनले नागरिकता पाएपछि  भनिन “नागरिकता पाउँदाको क्षण मेरो जीवनको सवैभन्दा खुसीको क्षण हो ।” 
शारिरिक रुपमा समेत अशक्त बन्दै गएकी सुनारले घर आगन मै नेपाली नागरिक्ताको प्रमाणपत्र पाउंला भन्ने नसोचेको बताइन। नागरिक्ता वनाउन सदरमुकाम जान नसक्दा उनी सामाजिक सुरक्षा भत्ताबाट समेत बन्चित थिइन । नागरिकताको अभावमा बृद्धाभत्तावाट बन्चित उनले वृद्धाभत्ता पनि पाइने भए पछि खुसी भइन । 
बल्ल राज्यले आफुहरुलाइ हेरेको नरिदेविका शृमान खिम बहादुर सुनारले प्रतिक्रीया दिए।हंसपुरमा सन्चालित तीन दिने एकीकृत घुम्टी शिबिरबाट झन्डै एक हजार स्थानियले आफ्नो घर आगन मै सरकारी सेवा लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: May 13, 2016

प्रतिक्रिया दिनुहोस्