Logo
१३ बैशाख २०८१, बिहीबार
(May 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यहि हो शान्ती सुरक्षा ? आईजीपी अर्यालको गाउँमा ठुलो लुटपाट


न्यूज अप्रेशन, सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ जीबामा डकैती भएको छ । गएराति करिब १५ जनाको समूहमा आएका हतियारधारीले तीन वटा घरमा लुटपाट गरेका हुन् ।
हतियारधारीले १० लाखभन्दा बढीको धनमान लुटेर लगेका छन् । उनीहरूले गरगहना, नगद, ल्यापटप लगायत लुटेर लगेको पीडितले बताएका छन् ।
डकैतसँगको प्रतिकारका क्रममा स्थानीय ललिता यादव घाइते भएकी छिन् ।
घटनास्थल आईजीपी उपेन्द्रकान्त अर्यालको घर नजिक पर्छ । त्यस्तै, घटना स्थलबाट इलाका प्रहरी कार्यालय करिब पाँच सय मिटरको दूरीमा छ ।

प्रकाशित मिति: May 14, 2016

प्रतिक्रिया दिनुहोस्