Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राम्रा सन्तान जन्मियून् भन्ने कामना गर्दै योनी पर्व !

तपाईलाई कुन कुन पर्वका बारेमा थाहा छ ? दशैं, तिहार, आदी आदी । त्यस्तै पर्व मध्य योनी पर्वको बारेमा जानकारी छ ? पक्कै पनि तपाई मध्ये धेरैलाई जानकारी छैन् ?

मनाउनु पनि कसरी न त यो हाम्रो पर्व हो न त हाम्रो समाजले नै स्विकार्छ । हामीले नमनाए पनि जापानमा भने १५ सय वर्ष भन्दा पहिलेदेखि लिंग–योनी पर्व मनाईन्छ ।

वसन्त ऋतुमा मनाइने यो पर्व राम्रा सन्तान जन्मियून् भन्ने कामना गर्दै मनाउने गरिन्छ । यो पर्वमा लिंग र योनी आकारका आकृतिहरुको पुजा गर्नुका साथै रथयात्रा समेत गरिन्छ ।

जापानमा हरेक बर्ष मार्च १५ तारेखमा कोमाकी सहरमा मनाइने पर्व उल्लेखनीय छ ।

यो पर्व अन्तरगत अघिल्लो दिनमा छिमेकी टोलले योनी जात्रा मनाउछ भने अर्को दिन अर्को टोलले लिंग जात्राको आयोजना गर्दछ । लिंग र योनी दुबै जात्रामा सबै टोलका मानिस जम्मा हुन्छन् ।

यो पर्वमा बच्चा, बुढा सबै सहभागि हुन्छन् । ओगाटा मन्दिर क्षेत्रमा योनी आकारको ठूलो आकृतिलाई ४० जना युवाले बोकेर जात्रा अघि बढाउछन् । एजेन्सी

प्रकाशित मिति: May 14, 2016

प्रतिक्रिया दिनुहोस्