Logo
१७ आश्विन २०७९, सोमबार
(May 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी हुने भयो जेठ ५ गते चार माओवादीवीच एकिकरण !

काठमाडौं । टुटफुटको शिकार भएका विभिन्न घटकका माओवादीका लागि जेठ १ को दिन खुसीको रह्यो । यो दिनमा उनीहरुले एकताको आधार तयार पारे । तर, एकता हुँदाहुँदै एउटा भने विभाजन आइलाग्यो । माओवादीका चार समूहले मोहन वैद्यविनै पार्टी एकताको कोर्स अगाडि बढाउन खोजेका छन् । अन्तिम समयसम्म पनि प्रयास गर्दा सफल नभएपछि रामबहादुर थापाले आफ्नो अध्यक्षतामा केन्द्रीय समिति वैठक बसाले । योसँगै वैद्य माओवादी विभाजन भयो । यही वैठकले माओवादीका चार समूहको एकताको ढोका पनि खोल्यो ।
प्रचण्ड नेतृत्वको एमाओवादीसँग एकता गर्न नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा बादलको नेतृत्वमा बहुमत सदस्य, मातृका यादवको नेकपा माओवादी, मणि थापाको क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेत्रविक्रम चन्दको नेकपा माओवादीका केही केन्द्रीय नेताहरूबीच सहमति भएको थियो ।
यो सहमतिलाई जेठ १ मा बसेको एकीकृत माओवादी र वैद्य माओवादीको थापा समूहको केन्द्रीय समिति वैठकले अनुमोदन गरेको छ । योसँगै अव औपचारिक एकताका लागि उनीहरुलाई सहज भएको छ । जेठ ५ मा संयुक्त बसेर पार्टी एकताको सन्देश दिने तयारी भएको छ ।
एकीकृत माओवादीका केन्द्रीय सदस्य हेमराज भण्डारीले पार्टीको शनिवार बसेको वैठकले एकतामा जाने निर्णय गरेको बताए । उनका अनुसार अव जेठ ५ मा संयुक्त वैठक मार्फत एकता प्रक्रिया अगाढि बढाइनेछ । वैठकले एकताका लागि यस अघि तयार पारिएको १३ बुँदे सहमति पत्र अनुमोदन गरेको छ । कुपुन्डोलमा बादलपक्षका नेकपा क्रान्तिकारी माओवादीको वैकठ जारी छ । को विफ्रिङ जारी छ ।

एकतासँगै हुनेछ
–नेताहरूले एकतापछि पार्टीको नाम फेर्न सकिने विषयमा छलफल जारी राखेका छन् । नाम के राख्ने भन्ने टुंगिएको छैन । एकीकृत नेकपा माओवादी नै नाम राख्ने, युद्धकालकै नाम नेकपा ९माओवादी० राख्ने अथवा नेपाल कम्युनिस्ट पार्टी मात्रै राख्ने विकल्पमा छलफल भइरहेको छ ।
–नेकपा ९माओवादी० संयोजक मातृका यादवले नाम पुरानै राख्न नेताहरूको बैठकमा लिखित प्रस्ताव नै राखेका छन् ।
–माओवादी समूहहरू मिलेर एकताको राष्ट्रिय महाधिवेशनमा जाँदै छन् । त्यसैले अहिले ४९९ सदस्य रहेको महाधिवेशन आयोजक समिति बन्ने भएको छ । यो समितिमा एकीकृत माओवादीका तीन सय र बादल नेतृत्वको माओवादीका १६१ जना सदस्य रहनेछन् ।
–बाँकी ३८ जना मातृका यादव, मणि थापा र विप्लव समूहका केही सदस्य पर्नेछन् । त्यस्तै, लामो समयदेखि निष्क्रिय रहेका जयपुरी घर्ती र कुमार दाहाल पनि आयोजक समितिमा रहनेछन् ।
–एकतासँगै बन्ने पोलिटब्युरोमा ७५ जना सदस्य राख्ने समझदारी बनेको छ । यसमा एमाओवादीका ३७ जना र बादलका १७ जनाबाहेक मातृका यादव, मणि थापा, जयपुरी घर्तीलगायत समेटिनेछन् ।
–महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेखन समितिमा प्रचण्ड, प्रकाश, बादल र देव गुरुङ रहनेछन् । संगठनात्मक प्रतिवेदनको जिम्मा भने कृष्णबहादुर महरा, वर्षमान पुन अनन्त, हितमान शाक्य र कुलप्रसाद केसीले पाउने छन् ।
र यो पनि
–०६९ असारमा मोहन वैद्य किरण समूहद्वारा बौद्धमा राष्ट्रिय भेला गरी एकीकृत माओवादीबाट अलग भई नेकपा–माओवादी गठन गरिएको थियो ।
–०७१ मंसिर ८ मा बुद्धनगरमा गएर विप्लव र खड्कबहादुर विश्वकर्माले सम्बन्धविच्छेद गरेको भन्दै वैद्य र महासचिव थापालाई लिखित पत्र प्रदान गरेका थिए ।
–०७२ कार्तिक २२ मा वैद्य नेतृत्वको नेकपा–माओवादी र परि थापा नेतृत्वको नेकपा९एकीकृत०बीच पार्टी एकता भयो । नाम नेकपा क्रान्तिकारी माओवादी बनाइयो ।
– नेकपा क्रान्तिकारी माओवादी महासचिव रामबहादुर थापा बादलसहितका नेताले अध्यक्ष वैद्यविनै को ०७३ जेठ १ मा प्रचण्डसँग एकताको औपचारिक निर्णय लिए ।

एकताका आधारवारे उनीहरुले तयार पारेको सहमतिपत्र
१० साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग नै रहेको वर्तमान विश्वमा क्रान्ति र प्रतिक्रान्तिका भीषण वर्गसंघर्षका बीचमा यतिवेला विश्वस्तरमा प्रतिक्रान्ति हावी रहेको छ र कम्युनिस्ट क्रान्तिकारीहरूका अगाडि इतिहासका अनुभवहरूको गम्भीर समीक्षासहित मालेमाको रक्षा, प्रयोग र विकास गर्ने तथा क्रान्तिकारीहरूको नया“ आक्रामक लहरका निम्ति नया“ कार्यदिशा, रणनीति र कार्यनीतिको विकास गर्ने एतिहासिक रूपले चुनौतीपूर्ण दायित्व रहेको छ ।
२० उपरोक्त अन्तर्राष्ट्रिय परिस्थितिको प्रभावसहित नेपाली क्रान्ति र कम्युनिस्ट आन्दोलनमा पनि प्रतिक्रियावाद, दक्षिणपन्थी संशोधनवाद र अवसरवाद हावी हु“दै आएको छ । माओवादी नेतृत्वको १० वर्षे महान् जनयुद्ध र त्यसको बलमा सिर्जित क्रान्तिकारी परिस्थिति र उपलब्धिहरू खतरामा छन् । यस सन्दर्भमा वैचारिक अन्योल, अन्तरविरोध र विचलनको वस्तुवादी र तर्कसंगत संश्लेषण हुन नसक्दा माओवादी पार्टी र आन्दोलनमा विभाजनका शृंखलाहरू देखा परे । जसको परिणाम क्रान्तिकारीहरूमा निराशा, विघटन र पलायनका प्रवृत्ति हावी हुन थालेका छन् भने यसबाट प्रतिक्रियावादी र अवसरवादीहरू भने हौसि“दै क्रान्तिका उपलब्धिहरूमाथि आक्रमण बढाउ“दै लगेका छन् । परिस्थितिको यो संवेदनशीलताका बीचमा आज सम्पूर्ण माओवादी र सच्चा कम्युनिस्टहरूका बीचमा पार्टी एकता हुनुपर्ने आवाज चारैतिरबाट उठिरहेको छ । वस्तुतः सम्पूर्ण माओवादीसहित सच्चा कम्युनिस्टहरूबीचको एकता आज एक अपरिहार्य वस्तुगत र ऐतिहासिक आवश्यकता बनेर आएको छ ।
३० पार्टी एकतालाई दिगो र दह्रो बनाउन सच्चा क्रान्तिकारीहरूले हमेसा विचारधारात्मक र राजनीतिक कार्यदिशालाई आधार बनाउने गर्दछन् र त्यसै गर्नु पनि पर्दछ । त्यसअनुसार आजको ठोस सन्दर्भमा मालेमालाई पथप्रर्दशक सिद्धान्तका रूपमा रक्षा, प्रयोग र विकास गर्दै जाने कुरामा समझदारी हुनु पार्टी एकताका लागि पहिलो आधारभूत सर्त हो ।
४० वित्तीय पु“जीको तीव्र भूमण्डलीकरण, विज्ञान–प्रविधि मुख्यतः सूचना प्रविधिमा भएको अभूतपूर्व क्रान्ति तथा मौसम परिवर्तनको परिघटनालगायतका सन्दर्भमा विश्व साम्राज्यवादले नवउपनिवेशवादको नया“ रणनीतिद्वारा आफ्नो एकाधिकारवादलाई बचाइराख्ने जमर्को गरिरहेको छ भने सर्वहारा वर्ग र उत्पीडित राष्ट्र एवं जनताका अगाडि उसका विरुद्ध विचार र रणनीतिको नया“ विकास गर्दै संघर्ष बढाउनुपर्ने कुरामा समान समाझदारी हुनुपर्दछ ।
५० महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनहरूका बलमा सामान्तवादमाथि राजनीतिक रूपमा जनताले आधारभूत विजय हासिल गरेका छन् । तर, साम्राज्यवादविरुद्धको संघर्ष र राष्ट्रिय स्वाधीनताका प्रश्न आज झन् गम्भीर र सर्वाधिक महŒवपूर्ण बनिरहेको छ । यो स्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरण एवं सामान्तवादका अवशेषका विरुद्ध संघर्षलाई निरन्तर अगाडि बढाउन आवश्यक छ । सामान्ती अवशेषसहित दलाल र नोकरशाही पु“जीपति वर्ग हावी रहेको वर्तमान प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध संघर्ष गर्दै र राष्ट्रियता, जनतन्त्र एवं जनजीविकाका समस्या समाधान गरी सामान्तवाद र साम्राज्यवादविरोधी पु“जीवादी जनवादी क्रान्ति, जुन नया“ जनवादी क्रान्तिकै मुख्य सारतत्व हो, त्यसलाई पूर्णता दिई समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने आधारभूत राजनीतिक कार्यदिशामा समान समझदारी पनि एकताका लागि आवश्यक छ । यो अन्तरिम कार्यदिशाका आधारमा अगाडि बढेर अध्ययन, अनुसन्धान र छलफलको प्रक्रियाद्वारा एकता महाधिवेशनबाट कार्यदिशाको परिमार्जन समृद्धीकरण र संश्लेषण गरिनेछ ।
६० सामाजिक क्रान्तिमा बल प्रयोगको भूमिकालाई वर्गीय समाजको सार्वभौम सिद्धान्तका रूपमा स्वीकार गर्ने कुरामा समान बुझाइ आवश्यक छ । आजको ठोस परिस्थितिमा त्यसको स्वरूप निर्धारण गर्नुपर्दछ ।
७० जनवादी केन्द्रीयतालाई आधारभूत संगठनात्मक सिद्धान्तका रूपमा स्वीकार र अभ्यास गर्ने तथा तत्काल संगठनात्मक संरचना, नेतृत्व निर्माणदेखि अन्तरसंघर्ष र एकीकरणको सर्वसम्मत नीति, विधि र प्रक्रिया निर्धारण गर्नुपर्दछ ।
८० नेपालको नया“ संविधानले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका क्रममा माओवादी पार्टीले अघि सारेका राजनीतिक मुद्दाहरूलाई संस्थागत गरेको छ । तापनि यो संविधानले प्रतिक्रियावादी संसदीय व्यवस्थालाई नै निरन्तरता दिई राज्यसत्तामा दलाल, नोकरशाही, पु“जीपति र सामान्ती वर्गकै हित सुरक्षित गरेको छ । संविधानमा व्यवस्था गरिएको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता एवं समानुपातिक समावेशी प्रतिनिधित्व एवं जनताका मौलिक अधिकारस“ग सम्बन्धित सकारात्मक पक्षको स्वामित्व लिने, तिनको रक्षा र उपयोगमा जोड दिनुका साथै यसको प्रतिक्रियावादी संसदीय चरित्रका विरुद्ध संघर्षको नीति लिनुपर्छ ।
९० तत्कालीन कार्यनीतिक दृष्टिले राष्ट्रियता, जनतन्त्र एवं जनजीविकाका समस्यालाई लिई सबै मोर्चाबाट चौतर्फी पहल र हस्तक्षेप गर्दै क्रान्तिको सम्पूर्ण तयारीमा जोड दिनुपर्दछ । यस सन्दर्भमा सडक, सदन र सरकारका सबै मोर्चालाई उपयोग गदै क्रान्तिको समग्र तयारीको विशिष्ट योजना र कार्यक्रम बनाउनुपर्दछ । क्रान्तिका लागि सडकबाट लिइने पहलकदमीको मुख्य र सदन तथा सरकारबाट लिइने पहलको सहायक र विशिष्ट भूमिका रहने कुरामा समान समझदारी रहनुपर्दछ । तराई–मधेस एवं जनजातिस“ग सम्बन्धित समस्याको सम्बोधन गर्न जनयुद्धकालमा विकसित आत्मनिर्णयको अधिकार र स्वायत्ततासम्बन्धी नीति लागू गर्नुपर्दछ ।
१०० पार्टी र आन्दोलनका विगतका गल्ती–कमजोरीहरूको समीक्षा गर्ने ।
११० साम्राज्यवादी र विस्तारवादी शक्तिहरूद्वारा विगतमा नेपालमाथि थोपरिएका सन् १९५० लगायतका असमान सन्धि–सम्झौताहरूको खारेजीका लागि संघर्ष गर्ने ।
१२० उपरोक्त साझा सहमतिका आधारमा सबै पक्ष सम्मिलित संयोजन समितिले पार्टीको नामलगायत एकताको विधि, प्रक्रिया, संरचना, नेतृत्व, मिति निर्धारण गर्नेछ । # शब्द तस्विर : रातोपाटी

प्रकाशित मिति: May 14, 2016

प्रतिक्रिया दिनुहोस्