Logo
११ बैशाख २०८१, मंगलबार
(May 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफूले सिफारिस गरेको मान्छे नपरेपछि स्वास्थ्यमन्त्रीले गरे छनौट प्रक्रिया नै रद्द

डोटी । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले थालेको स्वास्थ्यकर्मीको करार नियूक्ति प्रकृया रद्द गरिएको छ । स्वास्थ्यमन्त्री रामजनम चौधरीले आफूले सिफारीस गरेका व्यक्ति छनौटमा नपरेका कारणले मन्त्रीस्तरिय निर्णयबाट भर्ना पक्रिया रद्द गरेका हुन् । 
बिहीबार वेलुकी मन्त्रीस्तरिय बैठकबाट करार नियूक्ति प्रकृया रद्द गरेको पत्र सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलमा पठाएका हुन् । बिहीबार नै सबै पदको नतिजा क्षेत्रीय स्वास्थ्य निर्देशनालयले प्रकाशित गरेको थियो ।
प्रकाशित गरेको नतिजामा मन्त्री चौधरीले सिफारिस गरेका सबै व्यक्ती छनौट नपरेपछि प्रक्रिया रद्द गरिदिएको क्षेत्रीय स्वास्थ्य निर्देशक डा. सुशिलनाथ प्याकुरेलले बताए । प्याकुरेलले भने ‘मन्त्रीज्यूले सबै ब्यक्तिलाई उत्तिर्ण गराउनु भनेर लिष्ट नै पठाउनु भएको थियो,’ उनले थपे, ’उहाँले भनेका सबै ब्यक्ति नपर्दा प्रकृया स्थगित भयो ।’
सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलले केन्द्रको निर्णय अनुसार २०७२ साल फागुन २० गते अनमी १ सय २७, हेल्थ असिष्टेन्ट १ सय ४०, रेडियो ग्राफर २, स्टाफनर्स ९, अहेव ७० र ल्याव असिष्टेन्ट ५ जनाका लागि करार नियुक्तिका लागि बिज्ञापन खुला भएको थियो । 
आवेदकहरुको चैत २० गते देखि २०७३ बैशाख ३० गते सम्म अन्तर्वार्ता लिइएको थियो । जसमा बिभिन्न पदमा गरि १ हजार १ सय ३७ जना सहभागि थिए ।
मन्त्रीको मात्रै ८३ जनाको लिस्ट
स्वास्थ्यमन्त्री चौधरीले ६६ जना अनमी,९ जना स्टनफनर्स, ८ जना ल्याव असिष्टेन्ट गरि ८३ जनाको नाम पठाएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक प्याकुरेलले बताए । मन्त्रीले सिफारीस गरेका अधिकांस ब्यक्ती कैलाली र कंचनपुरका रहेको क्षेत्रिय स्थास्थ्य निर्देशनालय डोटीले जानकारी दिएको छ । 
‘हामीले चाहेर पनि सबैलाई उत्तिर्ण गर्न सक्दैनौ,’ निर्देशक प्याकुरेलले भने, ‘कार्यबिधीले सम्वन्धीत जिल्लाकोलाई प्राथमिकतामा राखेर ३ नम्बर दिने र सम्वन्धीत जिल्लाका उम्मेदबारहरुबीच मात्रै प्रतिस्पर्धा गर्ने भनेको छ ।’

क्षेत्रिय निर्देशकको सुरुवा
मन्त्रीको सिफारीसमा आफुले सिफारिस गरेका ब्यक्ति उत्तिर्ण नभएपछि स्वास्थ्यमन्त्री चौधरीले कारबाही स्वरुप सुदूरपश्चिम क्षेत्रिय स्वास्थ्य निर्देशक डा.सुशिलनाथलाई एक महिनाका लागि मन्त्रालयमा हाजिर हुन समेत मन्त्रीले पत्र पठाएका छन् । 
यसलाई मन्त्रीका मान्छे राख्न नसक्दा आफुलाई कारवाही स्वरुप मन्त्रालयमा झिकाएको प्याकुरेलको बुझाई छ । पत्रकार कर्ण चन्दको सहयोगमा  

प्रकाशित मिति: May 14, 2016

प्रतिक्रिया दिनुहोस्