Logo
८ बैशाख २०८१, शनिबार
(May 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी भयो, मधेशी मोर्चा सहित सघिय गठबन्धनको राजधानी केन्द्रित पर्दशन



काठमाडौं  । मधेशी मोर्चासहितको संघीय गठबन्धनले शनिवार काठमाडौंमा बृहत् जनप्रदर्शन गरेको छ । गठबन्धनले काठमाडौंको रत्नपार्क शान्तिवाटिकामा दिउँसो ३ बजे भनिए पनि साढे तिन बजेबाट प्रदर्शन सुरु भएको थियो । 
काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी हुन विभिन्न जिल्लाबाट गठबन्धनका नेता तथा कार्यकर्ताहरू राजधानी आएका छन् । शनिवार भएको प्रदर्शनलाई भोलि हुने सिंहदरबार घेराउको तयारीका रुपमा लिइएको छ । 
अर्कोतर्फ गठबन्धनले भोलि गर्ने सिंहदरबार घेराउ कार्यक्रमलाई ध्यानमा राखी सरकारले सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
यसअघि, शुक्रवार गठबन्धनले पत्रकार सम्मेलन गरी २६ बुँदे माग पूरा भए मात्र वार्ताको वातावरण बन्ने स्पष्ट पारेको थियो ।
पत्रकार सम्मेलनमा गठबन्धनका संयोजक उपेन्द्र यादवले आन्दोलनमा सरकारले बल प्रयोग गरे आफूहरूले जनताको सहारा लिएर प्रतिवाद गर्ने चेतावनी पनि दिएका थिए ।

प्रकाशित मिति: May 14, 2016

प्रतिक्रिया दिनुहोस्