Logo
१२ बैशाख २०८१, बुधबार
(May 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोर्चाको आन्दोलन चर्काउने लाठी प्रहरीको कब्जामा

काठमाडौं । संघीय गठबन्धन आबद्ध दल तथा मोर्चाहरुले शान्तिबाटीकामा भेला जम्मा भई जनप्रदर्शन गर्ने भन्ने कार्यक्रम अनुसार नेपाल शेर्पा संघका कार्यकर्ता शान्तिबाटिकाको लागि काठमाडौं बानेश्वरस्थित निषेधित क्षेत्र तोडी आउने क्रममा उनीहरुको साथमा रहेका २२ वटा लामा लठ्ठी शान्ति सुरक्षाको लागि खटिएको प्रहरीले शनिबार  बरामद गरेको छ ।

साथै काठमाडौं महानगरपालिका–३४ शान्तिनगरस्थित खालीचौरमा जेठ २ गते हुने भनिएको २७ दलिय कार्यक्रमको लागि तयार गर्दै गरेको अबस्थामा करीव २ सय थान बाँसका लाठीहरु प्रहरीले नियन्त्रणमा लिएको छ । लाठी बनाउने ब्यक्तिहरु फरार भएकोले खोजी भइरहेको छ ।

प्रकाशित मिति: May 14, 2016

प्रतिक्रिया दिनुहोस्