Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकताको जिम्मा प्रचण्डको थाप्लोमा

काठमाडौं । एकीकृत नेकपा माओवादीले विभिन्न समूहमा विभाजित माओवादी पार्टीहरुसँग एकता गर्ने निर्णय भएको छ । अब पार्टी एकताको जिम्मा प्रचण्डको थाप्लोमा परेको छ ।
एमाओवादीले दुई साताभित्र एकता प्रक्रिया टुंगो लगाउने निर्णय गर्दै त्यसको जिम्मा अध्यक्ष ‘प्रचण्ड’लाई दिएको हो ।
एकताबारे निर्णय गर्न एमाओवादी केन्द्रीय समितिको पूर्ण बैठक शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको थियो । बैठकले सबै माओवादी पार्टीहरुसँग एकता गर्ने सर्वसम्मत निर्णय गरेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।
‘माओवादी झण्डामुनि आबद्ध भएर पछिल्लो चरणमा अलग(अलग भएका सबै शक्तिहरुलाई एक ठाउँमा आबद्ध गर्ने अभियानअन्तर्गत यो निर्णय भएको हो,’ प्रवक्ता शर्माले भने, ‘पार्टी एकताका साथसाथै क्रान्तिकारी ध्रुविकरणलाई जोड दिने कुरालाई एक मतले पास गर्‍यो । हामीसँग आउन चाहने साथीहरुलाई आजको बैठकले ढोका खोलेको छ ।’
एमाओवादीबाट अलग्गिएर गठन भएका दलका नेताका नेताहरुलाई सामूहिक वा विभाजित जुनरुपमा आए पनि एकताबद्ध गराउने निर्णय शर्माले बताए ।

प्रकाशित मिति: May 14, 2016

प्रतिक्रिया दिनुहोस्