Logo
१५ चैत्र २०८०, बिहीबार
(May 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिन्दु राष्ट्र हो र छ भन्दा विश्वभरी गर्व हुन्थ्यो – भाजपा, सांसद डा. साक्षीजी महाराज

गोबिन्द पोखे्रल, नयाँ दिल्ली । वैदिक सनातन हिन्दु राष्ट्र नेपाल—सँस्थागत संयूक्त संघर्ष समितिको आयोजनामा आजैदेखि सुरु भएको श्रीमद्भागवत कथा ज्ञान महायज्ञमा भारतिय जनता पार्टी विजेपी सांसद माननीय स्वामी डा. साक्षीजी महाराज प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।
महाराजले शुभ कामना मन्तब्य दिदै केवल आत्म सन्तुष्टिका लागी मात्र भएपनी नेपाल हिन्दु राष्ट्र हो र छ भन्दा विश्वभरी रहेका हिन्दुहरुलाई गर्व हुन्थ्यो । तर विश्वलाई जित्न पैसाको बलमा धर्म प्रचार गर्नेहरुले त्यो पनी नाश गरिदिए ।
म भागवतको पनी विधार्थी भएको नाताले यसको महत्व निकै रहेको कुरा दर्शाउछु भनेका थिए । भागवत कथा वाचक युवा सन्त श्री श्री श्री निवासाचार्यले प्रवचन सुरु गर्नु अगावै जस्तो सुकै मुल्य चुकाउनु परेपनी हिन्दु राष्ट्र नेपाल कायम गर्न आफुले संकल्प लिएको ।
कुनैपनी राजनैतिक दलको प्रलोभनमा नलाग्ने । प्रवासी नेपाली जनताको साथ, सहयोग र समर्थन चाहिएको कुरा औल्याउनु भएको थियो ।
शिवसेना दिल्लीका अध्यक्ष सहित पुरै टिम, शिवसेना जम्मु कश्मिरका अध्यक्ष, समाजसेवी वयोबृद्ध केदारनाथ भुसाल, अन्र्तराष्ट्रिय नेपाली साँस्कृतिक परिषदका संयोजक अशोक चौरसीया, श्रीनिवास सँस्कृत विधापिठमका गुरु जिवन शर्मा र विभिन्न प्रवासी नेपाली संघ सँस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
स्वयम भगवानकै अध्यक्षता हुन भागबत कथामा ब्यवस्थापन समितिका अध्यक्ष महेन्द्र के. सी. सक्रिय सदस्य साईला तामांग, सदस्य जानका पण्डित र सचिव के. बि. थापाले अथिति सम्मानमा सक्रिय भुमिका निर्वाह गरेका थिए ।
संगितमय प्रवचन सुरु भएपछी महिला समाजसेवी एवं नेपाली समाज सेवा समितिकी महिला अध्यक्ष निर्मला शर्मा लगायत महिला चेलीहरु झुमि—झुमि नाचेका थिए र साथमा श्रीनिवास सँस्कृत विधापिठममा अध्ययनरत विधार्थीहरु पनी खुवैसँग नाचेका थिए ।

प्रकाशित मिति: May 14, 2016

प्रतिक्रिया दिनुहोस्