Logo
२३ श्रावण २०७९, सोमबार
(May 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय प्रहरीको अर्को ठूलो ज्यादती, धमाधम कुटिन थाले नेपाली

पर्सा । मागेजति घुस नदिएको भन्दै भारतीय प्रहरीले नेपाली ट्यांकर चालकलाई कुटपिट गरेका छन् ।

एक सातायता आठ ट्यांकर चालक भारतीय प्रहरीबाट कुटिएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

 नेपाल ट्यांकर चालकले इन्डियन आयल कर्पोरेसनको बरौनी र रक्सौल डिपोबाट रक्सौल नाका हुँदै इन्धन ल्याउँछन् ।

 भारततर्फ रक्सौल बजार नजिकैको लक्ष्मीपुर चौकीका भारतीय प्रहरीले मागेजति घुस नपाएपछि ट्यांकरचालकलाई कुटपीट गर्ने गरेको नेपाल आयल निगम अमलेखगंज डिपो प्रमुख खिलेन्द्र कार्कीले जानकारी दिए ।

प्रतिट्यांकर ५ सय नदिँदा कुटपिट गर्ने गरेको चालकहरुले बताएका छन् ।

प्रकाशित मिति: May 15, 2016

प्रतिक्रिया दिनुहोस्