Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलाई कुनै आरोप लगाएको छैन, यदि त्यस्तो हो भने म राजनीतिबाटै सन्यास लिन्छु: उपाध्याय


काठमाडौं । फिर्ता बोलाइएको भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले सरकारले आफूमाथि कुनै आरोप नलाएको बताएका छन । उनले भने मिडियामा के के कुरा आयो थाह छैन तर सरकारले लिखित रुपमा आफूमाथि कुनै आरोप लगाएको छैन । 

उनले भने अनुसार सरकारले पठाएको पत्रमा मात्र जिम्मेवारीबाट मुक्त गरिएको लेखिएको छ कुनै कारण भने देखायएको छैन । सरकारले फिर्ता बोलाउने निर्णय सहित पत्रचार गरेपछि भारतका लागि नेपालका राजदूत उपाध्याय आइतबार नेपाल फर्किएका हुन । 
त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै निवर्तमान राजदूतले यस्तो बताएका हुन । यसअघि राजदूतबाट फिर्ता बोलाउने क्रममा सरकारले उपाध्यायमाथि तीन आरोप लगाएको भनिएको थियो । 
सरकारले उनलाई हटाउने क्रममा सरकारलाई जानकारी नगराई आउजाउ गरेको, अनुमति नलिई भारतीय राजदूतसँग विभिन्न कार्यक्रममा गएको र ओली सरकार ढाल्ने प्रयास गरेको आरोप लगाएको भने उक्त कुराहरु मिडयामा आएको थियो 
यसबारे सोधिएको प्रश्नमा कांग्रेस नेता समेत रहेका उपाध्यायले मलाई त्यस्तो थाह छैन यदि हो भने आरोप प्रमाणित गर्न चुनौती दिए । आफूले प्रधानमन्त्रीलाई भेट्न बाँकी नै रहेकाले धेरै राजनीतिक टिप्पणी नगर्ने उनले बताए ।
निवर्तमान राजदूत उपाध्यायले भने, मलाई लगाइएको आरोप प्रमाणित भए सार्वजनिक जीवनबाटै सन्यास दिन्छु ।’ उनले नेपाल र भारतको सम्वन्ध जुवाको खाल जस्तो एउटाले जित्ने र अर्कोले हार्ने नभएको टिप्पणी समेत गरे ।

प्रकाशित मिति: May 15, 2016

प्रतिक्रिया दिनुहोस्