Logo
१५ चैत्र २०८०, बिहीबार
(May 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरवार घेराउको कार्यक्रमलाई सोमबार पनि निरन्तरता दिइने

गठबन्धन भन्छ ‘माग पूरा नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन’
काठमाण्डौ । मधेशी–जनजाती केन्द्रित बिभिन्न राजनीतिक दलहरु आवद्ध संघीय गठवन्धनले आइतबार दिनभरी प्रमुख सरकारी मुख्यालय सिंहदरबार घेराउ गरेको छ । स्थानिय प्रशासनले लगाएको केहि निषेधित क्षेत्रलाई तोडेर गठवन्धनका नेता तथा÷कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका थिए । 
सिंहदरवारको दक्षिणी गेट घेराउ गर्ने जिम्मेवारी लिएका राजेन्द्र महतोले हनुमानथान स्थित भाटभटेनी अगाडिबाट सुरक्षा घेरा तोडदै धर्ना बसेका थिए भने महतो नेतृत्वको समुहले पुलमा लगाइएको निशेधित क्षेत्रलाई तोडदै हनुमानस्थानमा गई धर्ना दिन सफल भएका थिए । सो धर्नामा शरदसिंह भण्डारी, राजकिसोर यादव, लक्ष्मणलाल कर्ण, महेन्द्रराय यादव लगायतका नेताहरु सहभागी रहेका थिए भने उनीहरुले सरकार विरुद्ध चार्का नारावाजी गरेका थिए । धर्नामा बसेकाहरु पर्दशनकारहिरुले मान्छे मार्न पाइदैन, ओली सरकार चाहिँदैन, मधेस विरोधि नेताहरु होसियार, प्रतिगामी संविधान खारेज गर जस्ता नारा लगाइएका थिए । धर्नाकारीलाई अगाडि जानबाट रोक्न दर्जनौं प्रहरीहरु तारबारसहित घेरेर बसेका थिए । 
उता, माइतीघरमा अर्को ठूलो समुहको नेतृत्व सघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए । उक्त समुहले पनि प्रहरीको सुरक्षा घेरा तोडी सिंहदरवार तिर आउने बाटो मुखमै धर्ना बसेका थिए भने त्यहाँ पनि सयौको संख्यामा तारबार सहित प्रहरी तैनाथ भएका थिए । संविधान जारि भए देखिनै आन्दोलन गरिरहेका मधेश केन्द्रीत दलले अहिले आएर जनजाति राजनितिक दलहरुसंग मिलेर आज २ जेष्ठमा सिंह दरबार घेराउ कार्यक्रम गरेको हो । आइतबार केही ठाउँमा झडप र एउटा सरकारी गाडी तोडफोड बाहेक कुनै अप्रिय घटना घटेको छैन ।
यसैबीच, आदिवासी जनजाति तथा मधेसी दलहरुको संयुक्त मोर्चा संघीय गठबन्धनले सिंहदरवार घेराउको कार्यक्रमलाई सोमबार पनि निरन्तरता दिने निर्णय गरेका छन् । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी तीनकुनेमा आइतबार साँझ बसेको बैठकले सिंहदरबार घेराऊ कार्यक्रमलाई जारी राख्ने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले जानकारी दिए । आइतबारदेखि सुरु भएको सिंहदरबार घेराउ कार्यक्रम सोमबार र मंगलबार यथावत रहने भएको छ ।

त्यसपछि सिंहदरबार घेराउ कार्यक्रमलाई निरन्तर राख्ने वा स्वरुप परिवर्तन गर्नेबारे सोमबार बस्ने गठबन्धनको बैठकले निर्णय गर्ने यादवले बताए । सिंहदरबार घेराउको पहिलो दिन शान्तिपूर्ण र जनताको व्यापक सहभागितामा सफल भएको गठबन्धनले समीक्षा गरेको छ ।

प्रकाशित मिति: May 15, 2016

प्रतिक्रिया दिनुहोस्