Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरा स्पोर्टस् अवार्ड २०७२ सम्पन्न

पोखरा । पोखरामा पहिलो पटक आयोजित ‘पोखरा स्पोर्टस् अवार्ड–२०७२’ सम्पन्न भएको छ । खेलाडीहरु हेमन्त गुरुङ र मंजु गुरुङले वर्ष खेलाडीको उक्त अवार्ड हात पारेका छन् । 
उत्कृष्ट प्रशिक्षक विधामा कराँतेका सुरेन्द्र गुरुङ र उदीयमान खेलाडीतर्फ शशी चौधरीले हात पारे । 
नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा शनिबार पोखरा सभागृहमा भएको उक्त अवार्ड समारोह शालीन एवं भव्य बन्यो । समारोहमा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ फुटबल खेलाडी कृष्ण थापालाई सम्मानित गरियो ।
पोखरामा खेलकुदको विकाससँगै खेलाडीको सम्मानका लागि मञ्चले विभिन्न ५ विधामा अवार्ड वितरण गरेको थियो । वर्ष खेलाडीमा उत्कृष्ट बनेका हेमन्त र मंजुले अवार्डसहित नगद २५ हजार सहित सामसङ मोवाइल पुरस्कार पाए । 
हेमन्त १२ औं सागमा फुटबलमा नेपाललाई स्वर्ण जिताउन मद्दत पुर्‍याएका थिए भने मंजु भलिबलकी चर्चित खेलाडी हुन् । उनी खेलकुद पत्रकार मंचले केन्द्रमा आयोजना गरेको स्पोर्टस् अवार्ड २०६५ मा पनि पल्सर वर्ष खेलाडी घोषित भएकी थिइन् ।
वर्ष खेलाडी पुरुषतर्फ हेमन्तसहित शारीरिक सुगठनका सुरेश गुरुङ र आर्चरीका अशिम शेरचन त्यस्तै महिलातर्फ मंजुसहित उसुकी झरना गुरुङ र भलिबलकी अरुणा शाही मनोनयनको सूचीमा थिए ।

प्रकाशित मिति: May 15, 2016

प्रतिक्रिया दिनुहोस्