Logo
६ बैशाख २०८१, बिहीबार
(May 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खबरदार ओली सरकार, फेरि नाकावन्दी गर्न नपरोस ! ( अन्तरवार्ता )

विभिन्न माग राखि मधेसी मोर्चासहितको संघीय गठवन्धनले राजधानी कन्द्रित आन्दोलन जारी राखेको छ । आन्दोलनको अन्तिरम चरण अन्तरगत आइतबार सिंहदरवार घेराउ जारी छ । गठवन्धनमा रहेका राजनितिक दलका शीर्ष नेताहरुले फरक-फरक ठाउँमा सिंहदरबार लक्षित धर्नाको नेतृत्व गरिरहेका छन् । 
अनामनगर हनुमाथानस्थित भाटभटेनी अगाडि सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पलेटी कसेर धर्नामा बसिरहेका थिए । कार्यकर्ताहरुले नारा लगाए पनि उनी चुपचाप देखिन्थे ।  त्यही वीचमा सदभावनाका अध्यक्ष राजेन्द्र महतोसग लिइएको अन्तरवार्ताको सम्पादित असं :
खाली हात काठमाडौं फर्किन्न भनेर तराई झरेको तपाईं फेरी किन सिंहदरवार घेर्न आइपुग्नु भएछ त ?
हो, आफ्नो अधिकारको लागि मधेस गएका थियौं । तर मधेसको आवाज काठमाडौंले सुनेन, त्यसैले अब काठमाडौं नै आएका छौं । मधेसबाट काठमाडौं आइसक्यौं । अब काठमाडौंका जनताले साथ दिनु पर्छ ।
त्यत्रो नाकाबन्दी गर्दा त केही भएन, काठमाडौंबाट के हात पर्ला र ?
नाकावन्दीले काठमाडौंका जनतालाई सास्ती भो । त्यसैले अब जनतालाई दुख दिन होइन सिंहदरवार घेर्न आएका छौं । सिंहदरवारबाट आफ्नो अधिकार नलिर्इ फर्किदैनौं । सिंहदरवार आक्रमण गर्न आएका हौं, जुन सिंहदरवार भित्र हाम्रो अधिकार लुकाएर राखिएको छ । त्यहि अधिकार खोस्न सिंहदरवारमा आक्रमण गर्नेछौं । फेरि नाकावन्दी गर्न नपरोस भनेर काठमाडौं आएका हौं । जनजाति, दलित र काठमाडौंवासीले पनि साथ दिनुपर्छ ।
अधिकार त सिंहदरवार घेरेर भन्दा वार्ता गरेर पो पाइएला त ?
हामी सार्थक वार्ताको लागि संधै तयार छौं । तर अहिलेको सरकार वार्ता पनि गर्न चाहँदैन । अधिकार दिन पनि खोज्दैन । सरकार अहिले पनि अधिकार दिन खोजिरहेको छैन । वार्ताको लागि आवश्यक वातावरण पनि तयार छैन । कसरी कुरा मिल्छ ? 
वार्ताको लागि सरकारले पत्रै पठाएको थियो । तपार्इंहरु आफैं जानु भएन, कसरी वार्ता हुन्छ त ?
त्यो पत्रको जवाफ हामीले पठाइसकेका छौं । वार्ताको लागि पहिले मधेस आन्दोलनमा मारिएकाहरुलाई शहिद घोषणा गर्नु पर्‍यो । मृतकको परिवारलाई अझै राहत दिएको छैन । घाइतेहरुको उपचार हुन सकिरहेको छैन । यस्तो अवस्थामा वार्ता गरेर के अर्थ रु हाम्रो एघार बुँदे मागलाई सम्बोधन गर्ने खालको कुनै प्रस्ताव आएको छैन । यदि ती कुराहरु भए भने हामी वार्तामा बस्न तयार छौं ।
अबको आन्दोलन कस्तो हुन्छ ?
भोली पनि यहि सिंहदरवार घेराउ नै हुन्छ । त्यतिबेलासम्म हाम्रो कुरा सुनेन भने फेरी बैठक बसेर आन्दोलनको नयाँ स्वरुप तयार पार्छौं । तर काठमाडौंबाट अधिकार नलिर्इ फर्किंदैनौं । साभार : अनलाइनखबर 

प्रकाशित मिति: May 15, 2016

प्रतिक्रिया दिनुहोस्