Logo
११ बैशाख २०८१, मंगलबार
(May 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्राफिक ज्यादती विरुद्ध देशव्यापी चक्काजामको घोषणा


काठमाडौँ । गृहमन्त्रीको आदेश विपरीत निर्देशनको उल्लंघन गर्दै ट्राफिक प्रहरीले यातायात मजदुरहरुबाट रकम असुल्न थालेपछि आन्दोलित यातायात मजदुरले देशव्यापी चक्काजामको घोषणा गरेका छन् । चार यातायात मजदुरहरुको संगठनको संयुक्त बैठकले ट्राफिक ज्यादती विरुद्ध चक्काजाम घोषणा गरेको हाे ।
चक्काजाम लगायतको आन्दोलनको घोषणा गरेको संयुक्त मजदुर संगठनले खोसिएका कागजपत्र लिन बग्गीखाना नजाने निर्णय समेत गरेको छ । बैठकले सबै यातायात मजदुरहरुलाई कागजपत्र लिन नजाने र सरकारले लगाउँदै आएको सवारी करलगायतका अन्य कर समेत नतिर्न यातायात मजदुरहरुलाई उर्दी जारी गरेको छ । 
पहिलो चरणको चक्काजाम पछि पनि ट्राफिकले निर्णय नसच्याए र समस्याको समाधान नभए दोस्रो चरणमा सशक्त आन्दोलन गर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव भीमज्वाला राईले बताए । शुक्रबार गृहमन्त्री शक्ति बस्नेत तथा गृह प्रवक्ता यादव कोइरालाको उपस्थितिमा गृह मन्त्रालयमा बसेको मजदुर संघसंगठनको छलफलमा ट्राफिकले वृद्धि गरेको भनेको शुल्क कार्यान्वयन नगर्ने सहमति अनुसार गृहमन्त्रीले ट्राफिकलाई निर्देशन दिएका थिए ।
निर्देशन विपरीत ट्राफिक प्रहरीहरुले सवारी यातायात मजदुरहरुबाट बढी जरिवाना लिएपछि यातायात मजदुर संगठनले आन्दोलनको घोषणा गरेका हुन् । आइतबार नेकपा एमाले, एनेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा माओवादी निकट मजदुर संगठनहरूको बैठकले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । शुक्रबार गृहमन्त्री, गृहप्रवक्ता र मजदुर संघसंगनबीचमा ट्राफिकले वृद्धि गर्न लागेको जरिवाना शुल्क तत्काललाई स्थगित गर्ने निर्णय गर्दै सोही अनुसार ट्राफिक प्रहरीलाई निर्देशन गरिएको थियो ।

प्रकाशित मिति: May 15, 2016

प्रतिक्रिया दिनुहोस्