Logo
७ बैशाख २०८१, शुक्रबार
(May 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक संजाल र महिला अस्मीता

शारदा श्रेष्ठ, फेसबुक लगायत सामाजिक संजालले मानब समाजमा पारेको असर सकारात्मक र नकारात्मक दुवै खाले छ । घर परिवार बाट टाढा रहदा यस्ता सामाजिक संजालले पारिवारिक न्यास्रो मेटाउन सघाउछ तर यिनै संजालको सहायताले नयाँ नयाँ सम्बन्ध बनाउने र त्यहि सम्बन्धका कारणले कतिको घर परिवार टुटेको मात्र नभई सामाजिक अपराधका कारण आत्महत्या पनि गरेका उदाहरण प्रसस्तै भेटिन्छन् ।

सामाजिक संजाल को दुरुपयोग गरेर अरुको जीवन बरबाद पारेका उदाहरणहरु दिन दिनै पढ्न पाइन्छन । यसले गर्दा सामाजिक मूल्य र मान्यताको कुरा एकातिर पन्छाएर धेरैले धेरै अनैतिक कार्य गरेका छन् र गर्ने क्रम पनि बढ्दै गएको छ ।

हालै मात्र जीवन तामाङ लामा भन्ने व्यक्तिले आफु अमेरिकाको सेना भनेर नेपालमा १६ जना युवतीबाट ४५ लाख भन्दा बढी पैसा असुलेको फेला पारे पछि अहिले ति लामा जेलमा छन् ।

पैसा असुल्ने मात्रै होइन लोग्ने स्वास्नी बीचको सम्बन्ध बिगारेर अर्काको घर लथालिङ्ग पारिदिने , बिदेशमा लोग्नेले कमाएको पैसा लिएर फेसबुकको केटासंग पोइल गएका घटना हरु पनि थुप्रै छन् ।

यस्तै केटीहरुको अस्मिता माथी खेलवाड गर्ने केटाहरुको संख्या पनि कम छैन । तन्नेरी केटाकेटीले फेसबुक मार्फत उछृंखल काम गरेर सामाजिक मूल्य र मान्यताको उलंघन मात्र गरेका छैनन् जिन्दगीभर चरित्रमा दाग लाग्ने काम गरि रहेका छन् ।

बैशालु उमेरका केटाकेटी मात्र हैन नाती नातिना देख्ने उमेरका ५०/५५ बर्षको उमेर काटी सकेकाहरु पनि तरुनीलाई फेसबुके साथी बनाउदै भिडियो च्याट गर्दै अस्लिल कार्य गर्नेहरुको संख्या पनि कम छैन ।
अमेरिका बेलायत लगाएत युरोपेली जस्ता अति सम्पन्न देशमा बसेर नेपालमा रहेका सोझा साझा तरुनीलाई अमेरिका वा युरोपको सपना देखाउने र त्यही सपनाको प्रलोभनमा नंग्याउने र भिडियो खिच्नेहरु आफुलाई बाहिरबाट हेर्दा सोझा र सामाजिक व्यक्तित्वको रुपमा देखाउन सधै अगाडि नै छन् । एक पटक त्यस्तो भिडियो बनाइ सकेपछि पटक पटक नंग्याउन पनि सजिलो र त्यसपछि सधै ब्ल्याक मेल गरेर नंग्याउने गरेको  समस्यामा परेकी नेपालमा रहेकी एक बैनीले रुदै बताइन् ।

अमेरिका एक्लै बस्ने व्यक्ति अब बुढेशकालमा साथी चाहिदो रहेछ भन्दै सामाजिक संजालमा केटिहरुसंग रुने र पिडा देखाउने अनि अमेरिका ल्याउने लोभ पनि देखाउने त्यसपछि केटीहरुको नग्न फोटो खिचेर अर्को पटकदेखि ब्ल्याकमेलमा परेका कति केटी अहिले त्यस्तो व्यक्तिको भण्डाफोर गर्दै केटी बचाउ अभियानमा जुटेका छन् ।

अमेरिका र नेपालको समयमा दिन र रातको फरक छ, अमेरिकाबाट त्यही व्यक्तिले आफु रातमा ओछ्यानमा सुतेर नेपालको एउटी केटीलाई कार्यालय छु भन्दा पनि नाङ्गो बन्न बाध्य पार्दा झरना ( नाम गोप्य ) को जागिर नै गएछ । सोहि व्यक्तिको कारणबाट जागिर गए पछि झरनाले आफुलाई ब्ल्याकमेल गर्ने व्यक्तिलाई सम्पर्क गर्न खोज्दा फेसबुकनै ब्लक गरेर सम्पर्क बाहिर रहेकोले आफ्नो नग्न तस्बिर बाहिर जाला भनेर झरना सधै चिन्तामा छिन् । र यस्ता यौन पिपासुको फन्दामा कोहि पनि नपरुन् भनि भण्डाफोर अभियानमा लागेको बताउछिन् ।

यसैगरि चितवन घर भएकी एक वकिलकि श्रीमती पनि अमेरिकामा रहेका एक ब्यबसायी संग फेसबुकमा अति नजिकको साथी भइछिन् । सम्बन्ध गहिरिदै गएछ, फेसबुकमा नग्न भिडियो च्याट गर्न सम्म पछि परेनन् । यहाँ सम्मकि एक अर्काको नग्न फोटो खिचेर पठाउन पनि थालेछन् । पछि सो ब्यबसायीले ति महिलालाई मानशिक यातना दिदै भिडियो खोलेर यसो गर उसो गर भन्न थालेछन् । ति महिला अहिले रुनु न हास्नुको जिन्दगीमा परेर त्यो व्यक्ति बसेको शहरमा सहायताको लागि मान्छे खोज्दै छिन् ।

गत बर्ष अमेरिका बस्ने एक महिला सँग चितवन जिल्लाकै राजनैतिक दलका एक नेताले फेसबुक मार्फत सम्पर्क गरेछन् । ति नेताले धेरै पटक फेसबुक मार्फत साथी बन्न बारम्बार अनुरोध गरे पछि  उसको म्युचुयल फ्रेन्ड मा झन्डै १२५ जना देखे पछि ति महिलाले पनि साथि बनाइछिन् । त्यसको केहि दिन पछि ति नेताले फेसबुक मार्फत म त दिदि संग पोखरा घुम्न आएको भनेछन् । अमेरिकाबाट फेसबुकको महिला साथीले ” पारिवारिक घुमाइ राम्रै त हुन्छ भन्दा ति नेताले “हैन दिदीको श्रीमान् खाडीमा छन् त्यही भएर पोखरा आएको ” भनेछन् र त्यसको केहि बेरमै ब्रा र अण्डर्बियर लगाएको दिदीको फोटो पठाएर कस्ती छिन् त मेरी दिदी भनेछन् । फेसबुकको महिला साथीले म यो फोटो तपाइको १२५ जना सबै साथीलाई पठाई दिउ भने पछि नेताले माफी मागेछन् र त्यसपछि ति महिलाले नेतालाई आफ्नो साथीबाट हटाइछिन् ।

फेसबुकमा मात्र हैन समाजमा देखिएका सबै राम्रा महिला मेरै हो भन्ने व्यक्तिलाई आजभोलि घरमा बोलाएमा छोरी चेली बिगार्छ भन्ने गरेको गाइगुइ पनि सुनिन्छ । तरुनी केटी संगै यस्ता व्यक्तिहरु अरुको स्वास्नी माथि पनि गिद्दे आँखा लगाउन पछि पर्दैनन् । कतिका लोग्नेलाई साथि बनाएर बेला मौकामा तेही साथी कै स्वास्नी संग रोमान्स गर्ने र कसैका लोग्नेलाई काम दिएर  त्यसको बदलामा स्वास्नीलाइ आफुले चाहे जस्तो प्रयोग गर्ने गरेको पनि देखिएको छ । पैसा लगाएत सम्पुर्ण कामको जिम्मा कामदार लोग्नेलाई दिए पछि श्रीमतीलाइ चलाउन पाइयो र श्रीमानले थाहा पाएर पनि थाहा नपाए झैँ बिबस जिन्दगी जिउन बाध्य भएका पनि धेरै छन् ।

सामाजिक सञ्जालबाट उत्पन्न यस्ता घटनाहरुको फेहरिस्ता धेरै भेटिन्छन् । त्यसकारण सामाजिक सञ्जालको प्रयोग गर्दा आफै सचेत हुनु जरुरी छ । यदि सचेतना गुम्यो भने यस्ता घटनाहरुको अर्को पात्र जो केही पनि हुनसक्छ । त्यसकारण सामाजिक सञ्जाल चलाऔं तर, सचेतना नगुमाऔं । अस्तु ।
लस एञ्जलस क्यालिफोर्निया , अमेरिका हरेकपलबाट

प्रकाशित मिति: May 16, 2016

प्रतिक्रिया दिनुहोस्