Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिजलान्तेको आरोपमा उपेन्द्र यादव नेतृत्वको आन्दोलनकारीद्धारा माइतिघरमा कुटपिट

काठमाडौं । सिंहदरबार घेराउ गर्न भन्दै माइतीघरमा भेला भएका संघीय गठबन्धन सम्बद्ध आन्दोलनकारीहरुले केहि सर्वसाधारणमाथी भिजलान्ते भन्दै कुटपिट गरेका छन । उनीहरुले आन्दोलनरत स्थल हुँदै हिड्ने सर्वसाधारणमाथि  ‘भिजिलान्ते’ को आरोप लगाएर कुटपीट गरेका हुन ।
संघीय गठबन्धनका कार्यकर्ताले माइतीघरमा भिजिलान्तेको आरोप लगाउँदै अर्घाखाँची धनीवनका प्रकाश अधिकारी र रामप्रसाद सापकोटामाथि निर्घाट कुटपीट गरेका छन् ।
उनीहरुलाई आन्दोलनकारीले कुट्दै गर्दा प्रहरीले हस्तक्षेप गरेर उद्दार गरेको प्रहरीले दावी गरेका छन । प्रकाशको टाउकोका साथै शरीरभर चोट लागेको छ भने सापकोटाको आँखामा चोट लागेको अवस्थामा अन्नपूर्ण अस्पतालमा उपचार भइरहेको छ । 
यसैबीच माइतीघर क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच दुई पटक झडप भइसकेको छ। हिजो सिंहदरबार घेराउ शान्तिपूर्ण भएपनि आज भने अवस्था तनावमय बनेको हो । 

प्रकाशित मिति: May 16, 2016

प्रतिक्रिया दिनुहोस्