प्रधानमन्त्रीले बल्खुबाट गरेको आग्रहलाई महतोले हनुमानथानबाट जवाफ फर्काए
काठमाडौं । प्रधानमन्त्रीले आदिवासी-मधेशी दलहरुको गठबन्धन सघिय गठबन्धको आन्दोलनलाई फूर्सद सग जुडेपछि सदभावना अध्यक्षले उनलाई जवाफ फर्काएका छन ।
२६ बुँदे माग अघि सार्दै आइतबारदेखि सिंहदरवार घेराउ गर्दे आएका गठबन्धनका एक बरिष्ट नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई जवाफ फर्काएका हुन ।
मदनआश्रतिको २३ औं स्मृति दिवसको अवसरमा बल्खुमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘फुर्सद छ भने आउनुस् । पुनर्निर्माणका लागि स्वयंमसेवक परिचालन हुदै सँगै मिलेर काम गरौं ।’ भनेका थिए ।
सदभावना अध्यक्ष महतोले त्यसको जवाफ दिदै भने ‘पुनर्निर्माण अभियानमा लाग्न आन्दोलन छाड्नै पर्दैन । उनले भने प्रधानमन्त्रीको आह्वान आन्दोलन तुहाउने चालबाजी मात्रै हो ।’
उनले भूकम्पपछिको पुनर्निर्माणमा सरकारभन्दा आफूहरु बढी संवेदनशील रहेको दाबी गरे । आन्दोलनको एउटा माग भूकम्प पीडितको पुनर्स्थापना पनि रहेको उल्लेख गर्दै उनले अघि भने, ‘सरकारले एक वर्षसम्म सिन्को पनि भाँचेको छैन । बरु हामीले भूकम्प गएको २४ घन्टामै ठाउँ-ठाउँमा पुगेर उद्दार र राहत वितरण गरेका हौं ।’