Logo
६ बैशाख २०८१, बिहीबार
(May 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलनकारीहरुले भोलि वालुवाटार घेराऊ गर्ने

काठमाडौं। संघीय गठबन्धनले भोलि मंगलबार वालुवाटार घेराऊ गर्ने निर्णय गरेको छ । सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमान स्थानमा कब्जा गरी दुई दिनदेखि धर्ना प्रदर्शन गर्दै आएको गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेर्ने भएको छ ।
आन्दोलनको स्वरुप र स्थान परिवर्तन गर्दै गठबन्धनले सिंहदरबारपछि वालुवाटार घेर्न लागेको हो । गठबन्धनमा आबद्ध २९ दलका सबै नेता कार्यकर्ताहरुले मंगलबार वालुवाटार घेर्ने कार्यक्रा तय भएको संयोजक उपेन्द्र यादवले बताए । 
# फाइल फोटो 

प्रकाशित मिति: May 16, 2016

प्रतिक्रिया दिनुहोस्