Logo
१२ श्रावण २०८१, शनिबार
(May 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थरी–थरीका नाच नचाएर आनन्द लिए रोजेन्द्र-उपेन्द्र नेतृत्वका आन्दोलनकारीले !

काठमाडौं । मधेशी जनजातीहरुको दोस्रो दिनको पर्दशन निकै रोमाञ्चक भयो । एकातिर सँस्कृति र परम्परालाई उजागर गर्ने गीतहरुमा नाच्दै गरेका जनजातिहरुको परम्परागत पहिरन अर्कोतर्फ आधुनिक नेपाली गीतमा कम्मर मर्काउँदै गरेका चेलीहरुले लोभ्याउदो शैलीमा नाचेको अनलाइन न्यूज पोर्टल सञ्चारकले समाचार प्रकाशन गरेको छ ।

सञ्चारकका अनुसार यी दुई फरक दुश्य हुन् सिँहदरबार घेराउ गर्न पुगेका आन्दोलनकारीहरुको बासस्थान भएका दुई ठाउँका हुन । सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादवको नेतृत्वमा माइतीघर मण्डलामा सङ्घीय समाजवादी फोरम नेपाल र अन्य जनजाति तथा आदिबासीसम्बद्ध दलहरुका कार्यकर्ताहरुले परम्परागत बाजागाजाका र पहिरनका साथ मातृभाषाका गीतहरुमा नाच गरेर प्रदर्शन गरिरहेका छन् ।

शेर्पा, ताम्सालिङ, किरात, लिम्बुवान, खुम्बुवान, थारुवान आदि फरक समूहका कार्यकर्ताहरु सबै भाषाका गीतहरुमा नर्तक र नर्तकी बन्दै आन्दोलनकारीहरुलाई हौंस्याइरहेका छन् ।  एकअर्काका भाषा नबुझे पनि उनीहरुले उत्पीडनबाट मुक्त हुने एउटै उपाय आन्दोलन रहेको भन्दै गीतसङ्गीतको भाषा स्वतन्त्रतामा अनुवाद गर्न तम्सिएका छन् ।

प्रकाशित मिति: May 16, 2016

प्रतिक्रिया दिनुहोस्