Logo
१२ बैशाख २०८१, बुधबार
(May 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टचार नियन्त्रणका लागि कर्मचारीको तलब वृद्धि गर – युनियन

काठमाडौं । नेपाल निजामती युनियनले २५ बुदे मागसहित सरकारसँग तलब वृद्धिको माग गरेको छ ।

अध्यक्ष सुबोध कुमार देवकोटाको नेतृत्वमा युनियनले निजामती कर्मचारीको मनोबल उच्च राख्न, कर्मचारीलाई उत्प्रेरित गराउन, भ्रष्टचार नियन्त्रण गरी सुशासन कायम राख्न लगायतका आधार देखाउँदै तलब वृद्धिका माग गरेका हुन् ।

उनले हाल कायम रहेको तलब भत्ताले जिवन निर्वाह गर्न कठिनाइ भएकोले कर्मचारीहरु भ्रष्टचारलगायतका अमयादित कार्यहरु समेत गर्ने गरेको जिकिर गरेको छ ।

कर्मचारीले कम्तीमा पनि ५० प्रतिशत तलब वृद्धि हुने पर्ने माग गरेका छन् भने वार्षिक एक दिनको तलब बराबरको रकम कायम गरिएको दाबी गरिएको छ । १८० दिन भन्दा बढी सञ्चित घर खर्च, वृद्ध भत्ता र सोही वर्ष दिने भत्ता व्यवस्था गरियोस ।

नागरिक लगानी कोष र बिमामा सतप्रतिशत वृद्धि गरियोस । अस्थाई, करार, स्थानीय निकायमा समेत विकास समितिका कर्मचारीहरुलाई समेत निःशुल्क स्वास्थ्य उपचार गर्ने व्यवस्था मिलाइयोस लगायतका मागहरु तेर्साएको सचिवालय सदस्य विश्ववन्धु रेग्मीले बताए ।

प्रकाशित मिति: May 16, 2016

प्रतिक्रिया दिनुहोस्