Logo
७ बैशाख २०८१, शुक्रबार
(May 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशीको भावना सुनेर, सुरक्षकर्मीको पनि आँखा रसिए…!


उमेशराज मेहता, काठमाण्डौ  ।  सिंहदरबार घेराउ दोस्रो दिन कतै तनावमय देखियो भने कतै संगीत कार्यक्रम गरी नाचीरहेको दृश्य पनि देखियो । सिंहदरबार पूर्वी भागमा रहेको हनुमानथानमा संगीतकर्मी तथा दन्तचिकित्सक डा. आभास लाभले संगीत सुनाइरहदा आन्दोलन निकै रोमाञ्चक बनेको थियो । लाभले गित गाउन थालेपछि सुरक्षा घेरा बनाएर उपस्थित सुरक्षाकर्मीको समेत अखाँ रसाएको देखिन्थ्यो । 
दौरासुरुवाल र टोपी लाको छैन भन्दैमा, धोती कुर्ता र गम्छा लाएको छ भन्दैमा, 
मलाइ धोती र मस्र्या भन्न कहा पाइन्छ, म त नेपालको माया गर्ने मान्छे….
मलाई नेपाली माया चाहिन्छ … 

मार्मिक शब्दले भरिएको गित गाएपछि आन्दोलन केहि भावनात्मक बन्न पुगेको थियो । आफू मधेसी हुँदाको पीडा उनले गीतमार्फत प्रस्तुत गरेका थिए । उनले यस्तो गीत गाइरहँदा आन्दोलनकारीहरु मात्र होइन ठूलो संख्यामा उपस्थित प्रहरी पनि गम्भीर देखिन्थे भने बाटो हिंड्ने बटुवाहरु पनि रोकिएर गम्भिरतापूर्वक हेरेको भेटियो । उता, आन्दोलनकारी र प्रहरीबीच माइतीघर मण्डलामा झडप हुन लागेका बेला हनुमानस्थानमा भने प्रहरी पनि आभास लाभका यी गीत सुनेर रमाइरहेका थिए । 

ढाका टोपी राम्रै लाग्छ लाउने बानी छैन, दोहोरी मारुनी मन पर्छ गाउने बानी छैन
होली झिंझिया नाच्न खेल्न मेरो मन रमाउछ, मधेसी हुँ, नेपाली हुँ मेरो आफ्नै मान छ ….
गडगडाहट तालीले स्वागत पाएका लाभले गीत गाइसकेपछि भने, ‘हामीले मधेसमा आन्दोलन गर्दा भारतको मान्छे भनियो त्यसैले हामी सिंहदरबार घेर्न आएको हौं, हामी पनि नेपाली हौं ।’ उनको हरेक शब्दमा पीडा मिसिएको थियो । उनले थपे, ‘हामीलाई राम्रोसँग नेपाली बोल्न आउँदैन भन्दैमा हामी नेपाली होइनौं र ? हामी भारतीय जस्तो दैखिदैमा हामीलाई भारतीय भन्न पाइन्छ ? यसो भन्दा हामीलाई पीडा हुन्छ, हामी पनि नेपाली हुन चाहन्छौं । हामीलाई पनि नेपालको माया लाग्छ ।’

प्रकाशित मिति: May 16, 2016

प्रतिक्रिया दिनुहोस्