Logo
८ बैशाख २०८१, शनिबार
(May 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ओली जी हिम्मत छ, भने कार्यवाही गर’ , एकै स्थानमा बसेर राजेन्द्र-उपेन्द्रले बालुवाटार घेर्देै


काठमाण्डौ । संघीय गठबन्धनले सिंहदरवार घेराउ कार्यक्रमलाई स्थगित गर्दे आज प्रधानमन्त्रिको सरकारी निवास वालुवाटार घेराऊ गर्दे छन । गठबन्धनले दुई दिनको सिंहदरबार घेराउपछि आज वालुवाटार घेराउ गर्ने निर्णय गरेको गठबन्धनका संयोजक उपेन्द्र यादवले बताए ।

सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमान स्थानमा धर्ना प्रदर्शन गरेको गठबन्धनले आज १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेर्ने कार्यक्रम तय भएको यादवले बताए । यादवका अनुसार गठबन्धनमा आबद्ध २९ दलका सबै नेता कार्यकर्ताहरुले मंगलबार वालुवाटार तयारीमा जुटेका हुन । माग सम्बोधन गराउन प्रधानमन्त्री केपी ओलीमाथि प्रत्यक्ष र प्रभावकारी दबाव दिन प्रधानमन्त्री निवास वालुवाटार घेराऊ गर्न लागिएको गठबन्धनले जनाएको छ ।  

ओली जी ! हिम्मत छ भने कार्यवाही गर-महतो
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित सिंहदरबार घेराव कार्यक्रमलाई तमासा भन्दै कार्यावाही गर्ने चेतावनी दिए पछि मोर्चाका नेताहरूले प्रम ओलीको बयान प्रति कडा आपत्ति जनाएका छन् । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनकारी विरूद्ध कार्यवाही गर्न चुनौती दिएका छन् ।

प्रम ओली प्रति निकै आक्रोशित बनेका महतोले मधेशी जनजाति लगायतको आन्दोलनलाई नहेप्न आग्रह गर्दै आफूहरूको मांग प्रति गम्भीरता देखाउन अपील गरे । ‘प्रधानमन्त्रीले हाम्रो आन्दोलनलाई तमासा भन्ने हो, के ठान्नु हुन्छ ओलीजी आफूलाई रु आक्रोशित हुंदै महतोले संचारकर्मीलाई भने ‘सारा पावर उनी संगै छ, अनि के–को घुर्की देखाएको होला रु हिम्मत छ भने आन्दोलनकारी माथि कर्यवाही गरेर देखाउन्न ।’

महतोले भने– ‘ओलीले पहिला पनि मधेशी जनजाति आन्दोलनको मजाक उडाएका थिए,  पछिल्लो पटक मधेशी मोर्चाद्वारा गरिएको मानव शृंखलालाई माखे श्रृंखला भन्ने ओली अहिले हाम्रो शान्तिपूर्ण प्रदर्शनलाई तमासा भनेका छन् ।’ महतोले भने ‘प्रधानमन्त्रीलाई तमासा हेर्न शौख छ भने हामी बालुवाटारमा यो तमासा देखाउने छौं र हिम्मत भए कार्यवाही गरेर देखाओस’ ।

सिंहदरबार घेराउ ऐतिहासिकः उपेन्द्र यादव
यसैबीच संघीय गठबन्धन संयोजक उपेन्द्र यादवले सिंहदरबार घेराउ आन्दोलन ऐतिहासिक भएको दावी गरेका छन । ‘हामी तराईबाट आन्दोलन सुरु गरेर अहिले सिंहदरवार आइपुगेका छौं, भोली बालुवाटार घेछौं राजधानी जस्तो ठाउँमा हाम्रो यस्तो बलियो उपस्थिती हुनु नै ऐतिहासिक भएको बताए ।

‘सिंहदरबार घेरेर आन्दोलनको नयाँ इतिहास सुरु भएको छ , यहाँ मधेसका जनता मात्रै छैनन् ताम्सालिङ छ, किराँत छ, मगरात छ, तमुवान छ । उहाँहरु सबैको आ–आफ्नै मागहरु छन् ।’ यादवले भने  ‘ती मागहरु मिलाउन सके मात्रै संघीय संरचना पूरा हुन सक्छ । त्यसैले सिंहदरवार घेराउ आन्दोलनको ऐतिहासिक उपलब्धी हो ।’

प्रकाशित मिति: May 17, 2016

प्रतिक्रिया दिनुहोस्