Logo
१२ बैशाख २०८१, बुधबार
(May 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आमसञ्चारको विकासमा आगामी बजेट ‘वाहवाह’ – सञ्चारमन्त्री

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आमसञ्चार क्षेत्रको विकास र विस्तारका हिसाबले सरकारको आगामी बजेट ‘वाहवाह’ हुने बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को पहिलो राष्ट्रिय भेलाको आज यहाँ उद्घाटन गर्र्दै उहाँले भन्नुभयो – “आगामी बजेटमा सञ्चार क्षेत्रका धेरै कुरा समावेश गरेर ल्याइने छ ।”

सञ्चार क्षेत्रलाई ठीक ढङ्गले अघि बढाउन नयाँ आमसञ्चार नीतिनिर्माणलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउँदै मन्त्री राईले भन्नुभयो – “अबको मुलुक निर्माणमा साँच्चिकै प्रभावकारी र सशक्त ढङ्गबाट भूमिका प्रस्तुत गर्न आमसञ्चार नीति निर्माण अघि बढाइएको हो ।

न्यूनतम पारिश्रमिक निर्धारण, श्रमजीवी पत्रकार दुर्घटना बिमा जस्ता कार्यक्रम कार्यान्वयनका लागि निर्णय भइसकेको बताउँदै उहाँले नेपालको संविधानले सबैको अधिकारलाई समानुपातिक र समावेशी सिद्धान्तका आधारलाई सुनिश्चित गरेको विषय सञ्चारमाध्यमले आमजनता माझ पु¥याउन आवश्यक छ भन्नुभयो ।

नेकपा (एमाले)का सांसद पेम्बा भोटेले मुलुकको विविधताभित्रको विभेदलाई अन्त्य नगरेसम्म समृद्धि प्राप्त गर्न सकिन्न भन्ने पक्षलाई राम्ररी बुझन आवश्यक छ भन्नुभयो ।

पत्रकारिताको व्यावसायिकतामा जोड

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अहिले आँखाको नानीजस्तै गरेर बचाउन आवश्यक रहेको बताउँदै पत्रकारितालाई अब पनि व्यावसायिक बनाउन सकिएन भने टिकाउन निकै चुनौती हुने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगरले महासङ्घ पहिचानको विषय र श्रमजीवी पत्रकारको आवाजलाई विभिन्न कोणबाट सम्बोधन गर्ने प्रयासमा रहेको जानकारी दिनुभयो ।

आयोजक संस्था फोनिजका अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्य, सञ्चारिका समूह नेपालका कोषाध्यक्ष यशोदा अधिकारी लगायतले समानुपातिक र समावेशिताका विषयमा उठेका विषयलाई सञ्चारमाध्यम लगायत सबै सङ्घसंस्थामा कार्यान्वयनमा लैजान आमसञ्चारको प्रभावकारी भूमिका औँल्याउनुभयो ।

‘हाम्रो अभियान’

पूर्ण प्रेस स्वतन्त्रता र समावेशी आमसञ्चार’ नारा तय गरिएको राष्ट्रिय भेलामा महासचिव गजुरधन राईले शासन व्यवस्था परिवर्तन भए पनि हाम्रो चिन्तन कति परिवर्तन भएको छ भन्ने उहाहरणका रुपमा समावेशिता र समानुपातिक सिद्धान्त कार्यान्वयनले स्पष्ट गर्छ भन्नुभयो ।

मुलुकका ४६ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको उक्त भेलाले सङ्गठनको विधान संशोधनका साथै भावी कार्ययोजना तय गर्ने छ । फोनिजका हाल एक हजार ७०० सदस्य छन् । सो अवसरमा विभिन्न जातीय पत्रकार सङ्गठनले फोनिजलाई उपलब्ध गराइएको सहयोग रकम समारोहमा अध्यक्ष गुरुङलाई हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति: May 17, 2016

प्रतिक्रिया दिनुहोस्