Logo
१५ बैशाख २०८१, शनिबार
(May 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरी भन्छ – ‘आन्दोलनमा हामिले पनि साथ दियौं, भीडको मनोविज्ञान बुझयौं ‘

काठमाण्डौ । मधेशी जनजातीहरुको आन्दोलनलाई प्रहरी परिसरले शान्तिपूर्ण भएको निष्कर्ष निकालेको छ । सिंहदरबार र बालुवाटार घेराउका क्रममा टुटफुट बाहेक ठूला घटना नभएको प्रहरीले बताएको छ । 
मधेशी जनजाती केन्द्रित बिभिन्न राजनीतिक दलीय दलहरु सम्मिलित संघीय गठबन्धनले यही जेठ १ गतेदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेको छ ।  देशको मुख्य प्रशासनिक केन्द्र घेराउ गरेका मधेसवादी तथा जनजाति पार्टीहरुले मंगलबार बालुवाटारमा धर्ना दिए । 
आन्दोलन अवधिभर ८ जना प्रहरी सामान्य घाइते भएका छन् । आन्दोलनकारीतर्फ पनि ठूलो क्षति नपुगेको प्रहरीले दाबी गरेको छ ।  भीडको मनोविज्ञान बुझ्न प्रहरी सफल भएको भन्दै ठूलो घटना नभएको काठमाडौंका एसएसपी विक्रमसिंह थापाले बताए । 
उनले भने ‘आन्दोलनकारीहरुको कतिपय भावनात्मक कुराले हामिलाई पनि छोयो हाम्रो तर्फबाट पनि कुनै बल प्रयोग गर्ने कार्य भएन र आन्दोलनकारीहरु पनि शान्तिपुर्ण आन्दोलन नै गरे’  भीडको गति कता जाँदैछ भन्ने अनुमान गरेर नै त्यहीअनुसार प्रहरी परिचालन गरिएको उनले बताए।
प्रहरीले एउटा पनि आन्दोलनकारीमाथि लाठी नबर्साएको उनले दाबी गरे। एसएसपी थापाले संयमित भएर खट्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति: May 17, 2016

प्रतिक्रिया दिनुहोस्