Logo
११ बैशाख २०८१, मंगलबार
(May 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको ‘पानी जहाजको सपना’माथी बाबुरामले गरे टवीट व्यंग्य

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले आज फेरी पानी जाहाजको सपना देखाएपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले टवीट गर्दे त्यसमाथि व्यंग्य गरेका छन । प्रधानमन्त्रीको नयाँ ‘सपना’ बारे समाचार आएपछि पूर्व प्रधानमन्त्री डा.भट्टराईले त्यसमाथि व्यंग्य गर्दै पानी जहाजभन्दा पहिले राजधानी लगायतका सहरमा सार्वजनिक बस सेवा शुरुवात गर्न प्रमलाई सुझाव दिए ।
उनले लेखेका छन्, ‘प्रमले रेल पानीजहाज दिनुभन्दा पहिले काठमाडौं लगायतका शहरमा सार्वजनिक बससेवा दिने कष्ट गर्ने कि रु फराकिलो पारिएका सडकमा ट्राफिकजाम उस्तै जो छ ।’ नयाँ शक्ति नेपालका संयोजक भट्टराई ट्वीटमा छिट्टै प्रतिक्रिया जनाउने नेतामा चिनिन्छन् । ट्वीटमा उनले आफूले फराकिलो पारेको सडकको चर्चा पनि गर्न भ्याएका छन् ।
नयाँ नयाँ योजना सुनाउन चर्चित मानिएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नयाँ योजना सुनाए । अखिल नेपाल महिला सङ्घको राष्ट्रिय परिषद्को प्रथम बैठक यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सामान ढुवानी गर्न नयाँ नाका खोलिने बताउँदै केही समयपछि सरकारले बन्दरगाह आफैँ लिने र सञ्चालन गर्ने पनि जानकारी गराए ।
‘हामी आफैँ पानीजहाज किन्छौँ र तीन दिनमा सामान नेपाल भित्र ल्याउँछौँ’’, उनले भने – ‘‘हिन्द र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज गुड्ने छन् ।’’

प्रकाशित मिति: May 17, 2016

प्रतिक्रिया दिनुहोस्