Logo
७ बैशाख २०८१, शुक्रबार
(May 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइन्दा यस्तो नहुने सर्तमा बेलायती आन्दोलनकारी दुतावासको जिम्मामा

काठमाडौं । संघीय गठबन्धनको प्रर्दशनमा सहभागी भएको आरोपमा पक्राउ परेका बेलायती नागरिक मार्टिन पेवरलाई प्रहरीले नेपालस्थित बेलायती दुतावासका अधिकारीको जिम्मा लगाएका छन् । 
पर्यटकिय भिषामा नेपाल आएर राजनीतिक गतिविधीमा संलग्न भएको आरोपमा उनी सोमबार पक्राउ परेका थिए । जय लिम्बुवान लेखिएको फेटा बांधेर प्रर्दशनकारीसंगै बसेको अवस्थामा पक्राउ परेका उनलाई महानगरीय प्रहरी बृत्त सिंहदरवारको हिरासतमा थिए । 
गृह मन्त्रालयबाट पेवरलाई दुतावासको अधिकारीलाई जिम्मा लगाउन निर्देशन आएपछी प्रहरीले मंगलबार दिउस उनलाई आइन्दा यस्तो गतिविधीमा संलग्न नहुने सर्तमा बेलायती दुतावासका अधिकारीको जिम्मामा हिरासतमुक्त गरेको महानगरीय प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए । 

प्रकाशित मिति: May 17, 2016

प्रतिक्रिया दिनुहोस्