प्रहरीको दमन : सहायक निरिक्षक खत्रीले यूवाहरु माथि आक्रमण गरे पछि ढुगा मुढा
दिनेश ठाकुर, नेपालगञ्ज । विद्युत आपूर्ति सहज हुनु पर्ने माग गर्दै नेपालगंजका यूवाहरुले बुधबार शान्तिपूर्ण रुपमा प्रदर्शन गरी रहेका बेला प्रहरी सहायक निरिक्षक पिबि खत्रीले मोबाईलमा भिडियो बनाई रहेका बेला यूवाहरुले भिडियो नबाउन आग्रह गरे पछि सहायक निरिक्षक खत्रीले यूवाहरु माथि आक्रमण गर्ने प्रयास गरे पछि ढुगा मुढा भएको थियो ।
खत्रीको दादागिरीका कारण आन्दोलन केहीबेर तनाब पूर्ण बनेको थियो । आन्दोलनमा मधेशी र मुस्लिमहरुको मात्र सहभागिता रहेको थियो भने आन्दोलनमा एमालेका नेता सम्सुद्दीन सिद्धिकि,राप्रपाका अध्यक्ष ऋषि देबकोटा लगायत अन्य पार्टीका जिम्मेवार नेताहरुको सहभागिता रहेको थियो ।
यता शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गरी रहेका यूवाहरु माथि प्रहरीले दमनको प्रयास गरे पछि विद्युतको विरुद्धमा लागी रहेको नारा एक्कासी प्रहरी मुर्दाबद, मधेशी मुस्लिम विरोधी प्रहरीचाहिदैन भन्ने नारा समेत यूवाहरु लगाउदै विदुत प्राधिकरणको ढोकाबाट पछाडि हटेका थिए ।