Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल नेतृत्वको प्यानल घोषणा, चार नेता दुबै प्यानलमा

काठमाडौं । आगामी महाधिवेशनका लागि प्रेस चौतारी नेपालको दोस्रो प्यानल घोषणा भएको छ । सोमबार गणेश बस्नेत नेतृत्वको प्यानल घोषणा भएपछि मंगलबार माधव नेपाल नेतृत्वको प्यानल घोषणा भएको हो । बस्नेत केपी ओली निकट र नेपाल माधव नेपाल निकट मानिन्छन् ।
नेपाल नेतृत्वको प्यानलबाट अध्यक्षमा दुर्गा शर्मा पनि आकांक्षी थिए । हाल प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष रहेका शर्माले अन्ततः चुनाव नलड्ने घोषणा गर्दै अध्यक्षमा नेपाललाई समर्थन गरेका छन् । शर्माले भने, ‘हाम्रो प्यानल पहिले नै तय भइसकेको थियो । सार्बजनिक मात्र आज भएको हो । 
बस्नेत जीले प्यानल घोषणा गरेपछि हामीले पनि यसलाई सार्बजनिक गर्‍यौं ।’ नेपाल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शान्ति गुरुङ, महिला उपाध्यक्षमा निमा काफ्ले र समावेशी उपाध्यक्षमा सइन्द्र राईलाई अघि सारिएको छ ।
यसैगरी प्रदेश नम्बर १ बाट उपाध्यक्षमा तिर्थ सिग्देल, २ बाट लालबाबु शेख र ३ बाट रामकुमार एलन उम्मेदवार छन् । यस्तै प्रदेश नम्बर ४ बाट हरि बास्तोला, ५ बाट सबिन प्रियासन, ६ बाट बिरबहादुर गिरी र ७ बाट नरेन्द्र साउदलाई उपाध्यक्षको उम्मेदवार बनाइएको छ ।
शेख, बास्तोला, प्रियासन र गिरी संस्थापन पक्षको प्यानलमा समेत परेका छन् । अब उम्मेदवारी दर्ताको क्रममा को कता भनेर स्पष्ट छुट्टिने छन् । दुई उपमहासचिव पदका लागि शुरोजंग पाण्डे र अमृतनाथ तिमल्सेना नेपाल पक्षको उम्मेदवार बनेका छन् ।
सचिव पदका लागि खुलातर्फबाट विकास बन्जाडे, नवराज भण्डारी, गगनशिला खड्का र सुरेशसुमन डाँगीलाई उम्मेदवार बनाइएको छ । जनजाति कोटाबाट हिरामान लामा, मधेसीबाट सुभासप्रसाद साह र दलितबाट हेमकर्ण विक प्रतिस्पर्धामा उत्रिएका छन् ।
चार खुला र तीन समावेशी गरी सचिव ७ जना हुने प्रेस चौतारीको प्रस्तावित विधानमा उल्लेख छ । यसैगरी कोषाध्यक्ष पदमा इश्वरी काफ्लेको उम्मेदवारी घोषणा गरिएको छ । अनुशान आयोगको प्रमुख केशव अधिकारी र लेखा आयोगमा केसी लामिछानेलाई नेपाल पक्षले अघि सारेको छ । 

प्रकाशित मिति: May 17, 2016

प्रतिक्रिया दिनुहोस्