Logo
७ बैशाख २०८१, शुक्रबार
(May 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ सदस्यीय चिनियाँ विषेश टोली किन गर्दे छन देश दौडाहा

काठमाण्डौ । चाइनाबाट नेपाल आएका ६ सदस्यीय चिनियाँ विषेश  टोली यतिबेला देश दौडाहामा ब्यस्त रहेका छन । नेपालमा पेट्रोलियम तथा ग्यासको सम्भावनाबारे अध्ययन गर्न केही हप्ताअघि नेपाल आएको चीनको टोली पछिल्लोपटक मोरङ जिल्ला पुगेको हो ।  
उद्योग मन्त्रालयका अनुसार छ सदस्यीय चिनियाँ टोली अघिल्लो हप्ता दैलेख र लुम्बिनीको अध्ययनपछि मोरङ पुगेको हो। 
चिनियाँ टोलीले वैशाख २५ गते ग्यास सम्भावना रहेको दैलेख पुगेर अधययन गरेको थियो। २०७२ पुस २३ गते सरकारले नेपालमा तीन वर्षभित्र ग्यास र पेट्रोलियम पदार्थको अध्ययन, अनुसन्धान र पहिचान गर्ने भनी दैलेख घोषणापत्र जारी गरेको थियो। 
उद्योगमन्त्री सोमप्रसाद पाण्डेका अनुसार मे १ २०१६ मा चिनियाँ सरकारले पठाएको प्राविधिक टोली नेपालमा आइपुगेको हो। ‘चिनियाँ सरकारको प्राविधिक टोलीले अहिले फिल्ड भिजिट गरेर अध्ययन गरिरहेको हो,’ पाण्डेले सेतोपाटीसँग भने, ‘टोलीमा प्रोफेसर पनि हुनुहुन्छ। पहिलो काम दैलेखबाट सुरू गर्यौं। नेपालका सबै पेट्रोलियम पदार्थका खानी र ग्यास सम्भावना भएका ठाउँमा अनुसन्धान हुन्छ।’
पाण्डेका अनुसार चिनियाँ प्राविधिक टोलीको नेतृत्व मिस्टर चाङले गरेका छन्। पाण्डेका अनुसार यो टोलीले नेपालमा पेट्रोलियम र ग्यास उत्पादन सम्भावना कुन अवस्थामा छ र व्यावसायिक रुपमा उत्पादन गर्न सकिन्छ सकिँदैन भन्ने प्रारम्भिक पहिचान गर्ने छ। सबै खानीको अध्ययन गरेर पेट्रोलियमको सम्भावनाबारे जानकारी बाहिर ल्याउने पाण्डेले बताए। 
उद्योगमन्त्री पाण्डेका अनुसार नेपालमा पेट्रोलियम पदार्थको सम्भावना अध्ययनबारे केही विदेश र दातृ राष्ट्रलाई अनुरोध गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा नेपालमा पेट्रोलियम सम्भावना अध्ययन गर्न चीनले सघाउने सम्झौता भएको थियो। पेट्रोलियम सम्भावना देखिएका खानी जाँच गर्न सघाउने सम्झौतापछि चीनले टोली पठाएको हो।

‘कुनै ठेक्का टेन्डर नगर्ने, नेपालकै साधनस्रोत वा अन्य राष्ट्रलाई सहयोग मागेर सम्पन्न गर्ने उद्देश्यले हामीले दातृ राष्ट्रलाई आह्वान गर्यौं,’ उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणका बेला दुबै देशबीच सहमति भएर चीनले टोली पठाएपछि यो अन्वेषण अघि बढेको  हो।’ चीनसँग पेट्रोलियम अन्वेषणका लागि आधुनिक प्रविधि पनि रहेको पाण्डेले बताए। 

प्रकाशित मिति: May 18, 2016

प्रतिक्रिया दिनुहोस्