Logo
११ श्रावण २०८१, शुक्रबार
(May 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी-जनजातीको फेरी १० दिने आन्दोलन घोषणा हुदैँ, बैठकमा महन्थ र राजेन्द्र गएनन्

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित २९ दलीय संघीय गठबन्धनले पहिलो चरणको ३ दिने आन्दोलन सम्पन्न गरे लगत्तै १० दिनको नयाँ आन्दोलन घोषणा गर्ने भएको छ ।
गठबन्धनले अहिले केही बेरमा आन्दोलनका थप कार्यक्रमहरु घोषणा गर्दैछन् । गठबन्धनका मुख्य दुई घटकको असन्तुष्टिका बाबजुद आन्दोलनका कार्यक्रम घोषणा हुन लागेको हो ।
गठबन्धनको बैठकमा सहभागी राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाले आन्दोलनका थप कार्यक्रम घोषणा हुने तयारी भएको बताए । उनले अबको आन्दोलन कडा हुने संकेत गरेका छन् ।
यता गठबन्धनको कार्यक्रमबाट तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो असन्तुष्ट छन् । उनीहरु अहिले संघीय समाजवादी फोरम नेपालको कार्यलयमा जारी गठबन्धनको बैठकमा सहभागी भएका छैनन् ।
सद्भावना श्रोतका अनुसार उपेन्द्र यादवले एकलौटी रुपमा आन्दोलन चलाउन खोजेकाले काठमाडौं केन्द्रीत आन्दोलन फितलो भएकोमा सद्भावना असन्तुष्ट बढेको हो ।
यता महन्थ ठाकुर पनि उपेन्द्र यादवको पछिल्लो रबैयाप्रति असन्तुष्टि छैनन् । गठबन्धन भित्रको विवाद बारे दुबै पार्टी नेताहरुले कुनै असन्तुष्टि नरहेको बताए ।
बुधबार आज दिउँसो १ बजे रत्नपार्कस्थित शान्ति वाटिकामा हुने जनसभाबाट १० दिने आन्दोलनको औपचारिक घोषणा हुने छ ।

प्रकाशित मिति: May 18, 2016

प्रतिक्रिया दिनुहोस्