Logo
१३ बैशाख २०८१, बिहीबार
(May 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइजीपी अर्याल पनि उतै ! डिआइजीसापले देखाए हैसियत

काठमाडौँ । नेपाल प्रहरीको फुलीको बद्नाम कति हुन्छ ?
 सिन्धुपाल्चोकका गुनबहादुर थापाले डिआइजी नवराज सिलवालबाट मासिक नौ लाख ब्याज बुझाउने गरी लिएको रु. एक करोडको छिनोफानो नहुँदा सिविआईद्वारा थापा पक्राउ परेपछिको प्रहरी हैकम पर्दाफास भएको हो ।
 अहिले भावी आइजिपीको रबैयाले सिविआईले चर्चा पाएको छ । सिलवाल गृहमन्त्री शक्ति बस्नेतको दोस्ती बन्न पुगेका छन् । आइजिपी उपेन्द्रकान्त अर्यालका मन परेका कुशल प्रहरी अधिकृत सिलवालको शुद्धताबारे अब कस्ले छानबिन गर्छ ?
जब कि मिटरब्याज अपराध हो भनेर महेश सिंह प्रहरीबाटै पक्राउ गरी कारवाहीमा परेको देश नेपाल हो । आपूmले लिएको ऋणको समयमा ब्याज बुझाउँदा साँबाभन्दा ब्याज बढी बुझाएका गुनबहादुरले पत्रकार सम्मेलन गरी यथार्थ बुझाउँदा सिलवालमार्फत् कहिले लागू औषध नियन्त्रण इकाईमा थुनिए ।
 यस पटक डिआइजी सिलवालले आफ्नै योजनामा सिविआईमार्फत् पक्राउ गराई धादिङ हुँदै चितवन पु¥याएका छन् । आपूmले नवराज सिलवालसँग ऋण लिँदा बनेपाको सात रोपनी जमिन दृष्टिबन्दक राखेको पटक–पटक गरी रकम तिर्दासमेत रु. एक करोड साँवाको अझै रु. तीन करोड ४० लाख तिर्न बाँकी छ भनेर डिआइजी सिलवालले गुनबहादुर थापामाथि लादेको अत्याचारको छानबिन प्रहरी आइजिपी उपेन्द्रकान्त अर्यालले किन गरेनन् ? के नेपाल सरकारका ऐन, कानुन प्रहरीको बर्दीका अगाडि झुत्रा कागज भए ? गुनबहादुरमाथि नवराज सिलवालले जे गर्नु पनि छूट पाउनुको कारण के हो ?
सिलवालको पद र बर्दीको विश्वास गरेर न्यूज २४ ले गुनबहादुरलाई ठग भनेर समाचार सम्प्रेषण गर्दा त्यहाँ कार्यरत पत्रकारले अदालतमा हार खाएको प्रमाण पनि छ । साहित्यकारसँग आपूm कथाकार भएको दाबी गर्ने डिआइजी सिलवालको कथाका पात्रहरु कतै उनैले खडा गरेको नाटकीय जालोमा प्रहरी त छैनन् ? होइन भने रु. एक करोड ऋणको मासिक ९ लाख ब्याज असुल्ने हक कानुनीरुपमा कसैलाई हुँदैन भने यस्तो सवालमा प्रहरी प्रधान कार्यालय प्रशासन विभागले छानबिन गर्ने हो कि गृहमन्त्रालयले चासो राख्ने हो ?
के गृहमन्त्री शक्ति बस्नेतले त्यस्ता अपराधी डिआइजीलाई च्यापेर प्रहरी शुद्धता हुन्छ । एसपी बनेका समयदेखिको यो केश एसएसपी हुँदै डिआइजी बन्दासम्म निरन्तर छ । गुनबहादुरले ऋणको ब्याजको स्याज तिरेर पनि सुरुमा लिएको एक करोडको अझै रु. तीन करोड ४० लाख बाँकी कसरी भयो । एसपी हुँदादेखि सिलवालबाट चुएिका गुनबहादुरको धन्दा कसैलाई थाहा छैन ।
 उनी सज्जन थिए भने एक करोडको एक महिनाको रु. नौ लाख ब्याज तिर्ने आँट कसरी गरे ? उनको गल्तीलाई समातेर कानुनी कारवाही गर्न सकिन्छ । तर, डिआइजी नवराजले सोझै ठगी गर्न कसरी सके ? परिवेश सधैँ उनको पक्षमा हुँदैन ।
कोषराज वन्त, गणेश थापा, कनकमणि दीक्षितको देखिएको वर्तमान अवस्था डिआइजीको बर्दीका नवराजले हेरुन् । त्यस्ता चरित्रलाई भावी आइजिपीको रुपमा प्रस्तुत गर्नेहरुले पनि सोचुन् ? आइजीपी  उपेन्द्रकान्त अर्याल समेत सिलवालका कर्तुत ढाकछोप मै लागेको एक प्रहररी अधिकारीले बताए ।

प्रकाशित मिति: May 18, 2016

प्रतिक्रिया दिनुहोस्