Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैज्ञानिकको भनाई ‘सगरमाथा विश्वकै अग्लो शिखर होइन’

काठमाडौं । हामिले सधैभरी पढने सगरमाथा विश्वकै अग्लो हिम शिखर होइनभन्दा तपाईलाई आश्चर्य लाग्ला ।  तर विश्वमा भएको नयाँ खोजपछि अहिले सगरमाथाभन्दा अग्लो हिमालको चर्चा छ । द इन्डिपेन्डेन्ट मा छापिएको रिपोर्टमा भनिएको छ, इक्वेडरको चिमवोराजो हिमाल सगरमाथाभन्दा अग्लो रहेको निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन् । 
वैज्ञानिकहरुका अनुसार सगरमाथाबाट अन्तरिक्षको दूरी जति टाढा छ । चिमवोराजोबाट त्यति टाढा छैन् । त्यसैकारण पृथ्वी र अन्तरिक्षबीचको दूरीलाई आधारमान्दा चिमवोराजो अग्लो हुन आउँछ । तर परम्परागत मापदण्डमा अझै पनि सगरमाथा नै विश्वको सर्वोच्च शिखर हो । सगरमाथा समून्द्री सतहबाट झण्डै ९ हजार मिटरमाथि छ । जसको अर्थ यो आफ्ना प्रतिस्पर्धी हिमालभन्दा धेरै अग्लो हो । 
पृथ्वीको अनौठो आकारका कारण इक्वेडरको हिमालबाट अन्तरिक्ष नजिक हुन गएको हो । तर समून्द्री सतहबाट नाप्दा सगरमाथालाई चुनौति दिने अर्को हिमाल विश्वमा छैन् । तर यदी पृथ्वीको केन्द्रबाट मापन गर्ने हो भने चिमवोराजो संसारकै अग्लो हिमाल हुन आउँछ । अनौठो कुरा पृथ्वीको केन्द्रबाट नाप्दा सगरमाथा विश्वकै अग्ला २० हिमालको सूचिमा पनि पर्दैन ।
इन्टिच्यूट डि रिसर्च पोउर लि डेभलपमेन्ट फ्रान्सले भर्खरै मात्र सगरमाथाको उचाई पहिले अनुमान गरिएभन्दा १५ फिट छोटो रहेको जनाएको थियो । सगरमाथाको फेददेखि टुप्पोसम्म नाप्दा यो हवाईको माउना किभन्दा छोटो हुन आउँछ ।

प्रकाशित मिति: May 18, 2016

प्रतिक्रिया दिनुहोस्