Logo
१५ बैशाख २०८१, शनिबार
(May 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युनिक इन्टरटेन्मेन्टको ‘एलिसाको भट्टी पसल’

काठमाण्डौ । व्यस्त बनेकी मोडल एलिसा क्षेत्री कुलेखानीमा भट्टी पसल खोलेर बसेकी छिन् । कुरा एक म्यूजिक भिडियोको हो । उक्त गीतलाई युनिक इन्टरटेन्मेन्टले बजारमा ल्याउँदै छ । 
अहिले पछिल्लो पुस्ताको रोजाईमा परेकी मोडल एलिसा र रबिन बस्नेतको अभिनय उक्त भिडियोमा देख्न सकिने छ भने, गीतमा संगीत तथा स्वर प्रकाश प्रतिक्षा कान्छाको रहेको छ ।
भिडियोलाई सुदिप श्रेष्ठले खिचेका छन् भने सम्पादन पनि उनले नै गरेका छन् । गीतमा निर्देशन युनिक इन्टरटेन्मेन्टका संचालक सिन्धुलियन युनिकले गरेका हुन् ।
गीतको सुटिङ मकवानपुरको कुलेखानी आसपासमा गरिएको छ । भिडियो रमाईलो बन्नेको छ । गीतमा रबिन बस्नेत, एलिसा, साथै सरोज थापाको अभिनय रहेको छ ।

प्रकाशित मिति: May 18, 2016

प्रतिक्रिया दिनुहोस्