Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले करण गर्दै अख्तियारले डामेका सिलवाल हिसानको अध्यक्ष

काठमाडौं । देशभरका उच्च माविहरुको साझा संस्थाको रुपमा रहेको उच्च मावि संघ (हिसान) अव साझा संस्था नभई नेकपा एमालेको भातृ संस्थाको रुपमा परिणत भएको छ । केही व्यक्तिहरुको स्वार्थ अनुसार हिसानलाई एमालेकरण गरिएको स्रोतको भनाई छ ।
 यसअघि काँग्रेस निकट उमेश श्रेष्ठको नेतृत्व रहँदा सवैलाई समेटेर लगिएकोमा एमाले निकट रमेश सिलवालले नेतृत्व हत्याएसँगै हिसान एमालेकरण भएको हो । सिलवाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा खेपिरहेका व्यक्ति हुन् । एमाले निकटका उम्मेदवारहरुले एकलौटी निर्वाचन गरेर नेतृत्व चयन गरेका हुन् ।
एकलौटी रुपमा निर्वाचन भएपछि काँग्रेस निकटका उम्मेदवारहरुले निर्वाचन वहिस्कार गरेका थिए । हिसानको अध्यक्षका लागि काँग्रेस निकटका उम्मेदवार माधव बरालले निर्वाचन वहिस्कार गरेका थिए । तर, त्यो कुराको सुनुवाई भएन । र, एमाले निकटका उम्मेदवार रमेश सिलवाल निर्वाचित भएको घोषणा गरियो । घोषणासभामा निवर्तमान महासचिव युवराज शर्मालाई बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएको जानकारी गराईएको थियो । अन्य पाँच उपाध्यक्ष पदमध्ये उम्मेदवार नपुगेर दुई पद खाली नै रहँदा समेत सर्वसम्मतिको नाटक गरियो ।
 यतिसम्मकी उम्मेदवारको खडेरी परेपछि जिल्ला कार्यसमितिका पदाधिकारीलाई ल्याएर भरिएको छ । काठमाडौंका अध्यक्ष र उपाध्यक्ष दुवै जना केन्द्रीय सचिवमा निर्वाचित भएको घोषणा गरिएयो । जिल्लाको अध्यक्ष र उपाध्यक्ष हुँदाहुँदै एकाएक केन्द्रीय सचिव बन्ने त्यस्ता भाग्यमानी हुन काठमाडौंका जिल्ला अध्यक्ष रामहरि सिलवाल र उपाध्यक्ष राजेन्द्र अधिकारी । ललितपुरका जिल्ला अध्यक्ष तिर्थ पोख्रेल पनि रातारात केन्द्रीय कोषाध्यक्ष हुन सफल भएका छन् । ललितपुर जिल्लाका सचिव दिपक खनालले एकाएक केन्द्रीय सचिवको समेत जिम्मेवारी पाएका छन् । निवर्तमान सचिव लोक भण्डारीलाई महाधिवेशनले महासचिव बनाएको छ । २०५३ सालमा मनोरमा राणाको नेतृत्वमा स्थापना भएको हिसानमा यसअघि उमेश श्रेष्ठले दुई कार्यकाल नेतृत्व गरेका थिए ।
 हिसानमा अहिले देशभरीका झण्डै सात सय उच्च माविहरु आवद्ध छन् ।शिक्षा मन्त्रालयले लिएको एमबीबीएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र आउट गर्ने मुख्य अभियुक्त रमेश सिलवाल अध्यक्षमा चुनिएपछि हिसानमा झन विवाद पैदा भएको छ । प्रश्नपत्र ‘आउट’ गर्ने कार्यका मुख्य अभियुक्त मानिएका सिलवालले राजनीतिक संरक्षणमा उन्मुक्ति पाउँदै आएका छन् ।
प्रश्नपत्र आउट प्रकरणमा एमालेका अध्यक्ष एवम् प्रधनमन्त्री केपी ओलीले अख्तियारका प्रमुख लोकमान सिंह कार्कीलाई टेलिफोन गरेर कारबाहीबाट बचाएपछि सिलवालले अहिले हिसानको अध्यक्ष पद हत्याएको चर्चा शुरु भएको छ । नेपालको शिक्षा क्षेत्रमा विकृति भित्र्याउने खराब पात्रको छबि बनाएका सिलवाललाई अध्यक्ष बनाउन एमालेले चर्को लविङ गरेको थियो ।
यसअघि पनि मेडिकल शिक्षामा भइरहेको अनियमितता अन्त्यको लागि सक्रिय भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोल्डेनगेट कलेजबाट प्रश्नपत्र बाहिरिएको प्रकरणमा नेम इस्टिच्युटका सञ्चालक नविन शर्मालाई पक्राउ गर्दा सिलवाल अख्तियारले निगरानीमा परेका थिए । अख्तियारले पक्राउ गर्ने त्रासमा सिलवालले सिंहदरबार, भक्तपुरस्थित केपी ओलीनिवास र पुल्चोकस्थित मन्त्री ‘क्वार्टर’लाई आफ्नो बास मात्र बनाएनन् एमालेका ठूला नेताहरुको घर–घरमा पुगेर अख्तियारबाट जोगाइदिन हारगुहार गरेका थिए ।
त्रिचन्द्र क्याम्पसमा प्राध्यापकको जागिर खाए पनि हिमालयन ह्वाइट हाउस कलेज सञ्चालन गर्ने सिलवालले शक्तिको बलमा उच्च माध्यमिक शिक्षा परिषद्का उच्च अधिकारीलाई प्रभावमा पारेर सन् २००७ मा गोल्डेनगेट कलेज सञ्चालनमा ल्याएका थिए , यूनाइटेड पोस्टमा खबर छ । प्रधानमन्त्री ओलीले नै सिलवालले बचाएको स्रोतको दावी छ ।
गोल्डेनगेट कलेजमा एमालेका नेताहरूको शेयर रहेको छ । त्यसमा देखिने सीइओ मात्र हुन् सिलवाल । सिलवाल एमाले अध्यक्ष ओलीको गैरसरकारी संस्था मदन भण्डारी फाउन्डेशनका अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति: May 19, 2016

प्रतिक्रिया दिनुहोस्