Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले भारतिय राजदुतलाई भने ‘मधेसबारे हामी चिन्तित छौं, तपाइहरुले चिन्ता लिनु पर्दैन’ !


काठमाण्डौ । तत्कालका  लागि भारत फिर्ता जान नपरे पछि दङ्ग परेका भारतीय राजदुत रन्जित  रेले फेरि राजनीतिक सक्रियता बढाएइका छन् । नेपालका लागि भारतीय राजदुत रञ्जित रेले प्रधानमन्त्रीकै सल्लाहकार र सहयोगीहरुले भारत विरोधी सूचना प्रवाह गरिरहेको गुनासो समेत गरेका छन् ।
मंगलबार झण्डै एकघण्टासम्म प्रधानमन्त्रिसग भएको भेटवार्तामा राजदुत रेले प्रधानमन्त्री केपी  ओलीले आफू भारत विरोधी नभई सम्बन्ध सुमधुर बनाउने पक्षमा रहेको र भारतको विरुद्ध कुनै कार्ड प्रयोग नगरेको बताईरहँदा त्यस्तो गुनासो गरेका हुन् समाचार स्रोतले भन्यो  ।
राजदुत रेलेले प्रधानमन्त्रीलाई तपाईकै सल्लाहकार र सहयोगीहरुले भारत विरोधी सुचना प्रवाह गरिरहेको अवस्थामा हामीले कसरी विश्वास गर्ने भनि प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्रीले नेपालको भूमिबाट कुनै पनि भारत विरोधी गतिविधी हुन नदिने प्रतिबद्धता ब्यक्त गर्दै आफ्ना सहयोगीहरुले त्यस्तो कुरा गरेको भए आफूले यथार्थ बुझेर ठोस कदम चाल्ने स्पष्ट पारेका थिए ।
राजदुत रेले आन्दोलनकारी मधेसी दलहरुसँग छिटो वार्ता गरेर समस्या समाधान गरिदिन आग्रह गर्दै आन्दोलनलाई धेरै अघि बढ्न दिन नहुने बताए । मधेसको समस्या समाधान गर्न भारतले भन्नु पर्ने हो र जायज माग राज्यले नै संबोधन गर्छ बालुवाटार स्रोतले भन्यो । मधेसका जायज माग प्रति हामी चिन्तित छौं , तपाइहरुले चिन्ता लिनु पर्दैन प्रधानमन्त्रीले भने पछि रे निरास जस्तै भएको स्रोतको दाबी छ  । 
जसमा प्रधानमन्त्रीले आफू मधेसवादी दलहरुसँग बान टु वान बार्ता गर्न समेत तयार रहेको स्पष्ट पार्दै आफूले बार्ताकोलागि पत्र लेखिसकेको स्मरण गराएका थिए । प्रधानमन्त्रीले राजदुत रेलाई संविधानको पुर्नलेखन हुनै नसक्ने भन्दै संसोधन गरेर समस्याको समाधान गर्न आफू तयार रहेको बताएका थिए । 
उनले सीमांकनकोलागि बार्ता गर्न उपप्रधानमन्त्री कमल थापाको नेतृत्वको बार्ता टोलीको नेतृत्व फेर्न तयार रहेको र त्यस विषयमा छलफल समेत भईरहेको जानकारी दिदै आफूले सिट्टै गठबन्धनसँग बार्ता गर्दा समस्या समाधान नहुन पनि सक्ने भएकोले बार्ता टोली गठन गरेकोले त्यो तहमै बार्ता गरेर समस्याको समाधान निकाल्न सकिने दावी गरेका थिए ।
प्रधानमन्त्रीले भनेका थिए,‘ सिधै मसँग बार्ता गर्दा कतै अड्कियो भने समस्या आउँछ त्यसैले पहिला चौतर्फी बार्ता गरौं भनेको हो । एमाले नेता प्रदिप ज्ञावलीलाई भारतको लागि नेपाली राजदुत बनाउने तयारीको विषयमा समेत सोधेकोमा प्रधानमन्त्रीले प्रदिप ज्ञावलीको नाम अझै टुङ्गो लागि नसकेको भन्दै राजनीतिक नेता भन्दा विचको मान्छे लाने कि भन्नेमा पनि छलफल भईरहेको जानकारी दिएका थिए ।

प्रकाशित मिति: May 19, 2016

प्रतिक्रिया दिनुहोस्