Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विभाजित माओवादीहरुको एक हुँदै, मातृका यादव पनि सहमत

काठमाडौं । बबरमहल स्थित कार्की पार्टी प्यालेसमा विभाजित विभिन्न माओवादी समूहको एकता घोषणा हुँदै छ । पार्टी एकता प्रक्रियामा असहमति राख्दै आएका नेकपा माओवादीका अध्यक्ष मातृका यादव पनि अन्तिम समयमा सहमत भएका छन् ।
  
एकताका लागि सहमत गराउन अन्य माओवादी नेताहरुले गरेको कसरतपछि उनी सकारात्मक देखिएका हुन् ।
विभिन्न चरणमा भएको छलफलपछि यादवले एकतामा सामेल हुने निर्णय गरेको एकता संयोजन समितिका सदस्य वसन्त घर्ती मगरले जानकारी दिए । पार्टी एकता संयोजन समितिको बुधबारको बैठकले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन पारित गरिसकेको छ। 
एकतापछि पार्टीको केन्द्रीय समिति ६ सय ९९ सदस्यीय हुने बताइएको छ। १ सय सदस्य पछि थपिने गरी आज भने ५ सय ९९ सदस्य रहेको केन्द्रीय समिति घोषणा हुने क्रान्तिकारी कम्युनिस्ट पार्टीका मणि थापाले बताए ।  सँगसँगै रहेर १० वर्ष सशस्त्र युद्ध लडेका माओवादी नेताहरु शान्ति प्रक्रियापछि विभाजित भएका थिए। मणि थापाले क्रान्तिकारी कम्युनिस्ट पार्टी खडा गरेपछि विभाजन सुरु भएको हो । 
त्यसपछि मातृका यादवले नेकपा माओवादी,  मोहन वैद्यले क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी र केही दिनअघि मात्रै रामबहादुर थापा बादलले आफ्नो नेतृत्वमा पुनर्गठित क्रान्तिकारी माओवादी पार्टी खडा गरेका थिए। 

प्रकाशित मिति: May 19, 2016

प्रतिक्रिया दिनुहोस्