Logo
१३ बैशाख २०८१, बिहीबार
(May 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले फेरी दिए नयाँ डायलग : ‘दुई वर्षभित्र नेपालमै पेट्रोल उत्पादन गर्छौं’


काठमाडौं । ‘हावाबाट बिजुली,पाइपबाट ग्यास र समुन्द्रमा पानी जाहाजु को अपार सफल्ता पछि फेरी नयाँ डाइलग : अएको छ दुई वर्षभित्र नेपालमै पेट्रोल उत्पादन गर्छौं ! हो यो डाइलग हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली नै दिएका हुन । उनले दुई वर्षभित्र नेपालमै पेट्रोल उत्पादन हुने दाबी गरे । पेट्रोल उत्खनन्को काम सुरु भइसकेको भन्दै उनले भने ‘त्यसपछि छिमेकी देशको भर पर्नु पर्देन । 
प्रेस चौतारी नेपालको महाधिवेशन उदघाटन समारोहलाई बिहीबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले भने, ‘दुई वर्षभित्र हामी आफै पेट्रोल उत्पादन गर्छौं । त्यसपछि उत्तरबाट चीनको तेलको प्रतिक्षा गरिरहनु पर्दैन । त्यसका लागि उत्खनन कार्य सुरु भइसकेको छ ।’
आफूले नेपालमा विकासको कुरा गर्दा जनतामा आशा पलाएको तर पढेलेखेका बुद्धिजिवीहरु छटपटाएको उनले बताए । ओलीले प्रष्ट्याउँदै भने ‘बुद्धिजिवीहरु भन्नाले इनभर्टेड कमावाला बुद्धिजिवी । उनीहरुलाई घोडाले जोर लात्ती हानेजस्तो भएको छ ।’ यसअघि आफूले नेपालकै पानी जहाज हुने बताउँदा खिल्ली उडाइएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि पनि पोखे ।
‘जुन देशमा समुद्र छैन त्यसले पनि पानी जहाज चलाउन पाउँछ भन्ने कुरा बुद्धिजिवीहरुले थाहा पाउनुपर्‍यो । जसको सिमानाले समुद्र छुँदैन, ति देशहरुले पनि पानी जहाज चलाएका छन् भन्ने कुरा ज्ञान हुनुपर्‍यो,’ प्रधानमन्त्री ओलीले भने, ‘ति कुरा नबुझ्नेले कागजको जहाजमा झण्डा हालेर फेसबुकमा राखेका छन् । कसैले पहाडमा जहाज कुदेको चित्र बनाएका छन् । बुद्धिजिवीले मलाई हैरान बनाए । उनीहरुको बुद्धिलाई सलाम भने गर्नुपर्छ ।’
नेपाल सरकारले पानी जहाज किन्न भनेर २०२७ सालमै बैना दिइसकेको जानकारी उनले कार्यक्रममा दिए । ‘मैले त सबैभन्दा पहिले पानी जहाज किन्ने कुरा आफैले गरेको भन्ठानेको थिएँ, तर पत्रिका हरेपछि हिँजो भर्खर थाहा पाएँ । अलिकति पैसा तिर्न नसकेर पछि हटेको रहेछ त्यतिबेला,’ ओलीले भने, ‘हाम्रो ट्रक कलकत्ता जान हुन्छ भने हाम्रो रेल जान किन हुँदैन । मैले रेलको कुरा गर्दा बुद्धिजिवीहरु चटपटे जस्तो लागेको छ ।’
प्रधानमन्त्री ओलीले भने, ‘नवलपरासीमा फलामको खानी उत्खनन् भएको देखेर बुद्धिजिवीहरु छटपटाएका छन् । सबै बुद्धिजिवी होइन, इनभर्टेड कमावाला बुद्धिजिवी । एउटाको फलामको खानीबाट १० खर्ब रुपैयाँ आउँछ । यो एक बर्षको बजेटभन्दा धेरै हुन्छ ।  # फाइल फोटो 

प्रकाशित मिति: May 19, 2016

प्रतिक्रिया दिनुहोस्