Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिसो पिउँदै हुनुहुन्छ ? सेभेन अपमा अखाद्य पदार्थ !


काठमाडौं । गर्मीको समयमा सार्वाधिक रुचाउने चिसो पेय पदार्थले तपाइृलाई निकै समस्या पनि निम्ताउन सकिने छ । त्यसैले होसियार रहनुहोस् सधै अखाद्य पदार्थ भेटिएर विवादमा आइरहने पेप्सी कम्पनीका उत्पादनहरुमा पुनः अखाद्य पदार्थ देखिने क्रम बढेको छ । पेप्सीको उत्पादन सेभेन अपमा अखाद्य पदार्थ भेटिएको समाचार प्राप्त भएको हो ।
ललितपुरको लखनखेल स्थित एक होटलमा यस्तो भेटिएको हो । यसअघि मोरङको टंकी सिनवारीमा सिलबन्द पेप्सीको बोतलमा पनि लेदो भेटिएको समाचार आएको थियो । टंकीसिनवारी वडा नम्बर ३ मा रहेको सगरमाथा पक्कु कर्नर होटलमा पेप्सीको बोतलमा लेदो भेटिएको थियो ।
सगरमाथा पक्कु कर्नर होटलका सञ्चालक कृष्ण सुबेदीले ग्राहकलाई दिनको लागि क्यारेटबाट फ्रिजमा हाल्न लाग्दा लेदो देखेपछि सबैलाई देखाएका थिए । पेप्सी कम्पनीका बिभिन्न ब्राण्डमा निस्किएका पेय पदार्थमा लेदो किरालगायतका फोहोर पिउन अयोग्य बस्तु भेटिएपछि पटक—पटक उपभोक्ता समस्यामा पर्ने गरेका छन् ।
अहिले पनि सेभेन अपमा त्यस्तै समस्या देखिएको उपभोक्ताहरुले बताउने गरेका छन् । त्यहाँ अखाद्य पदार्थ भेटिने क्रम नरोकिएक व्यापारीहरु बताउछन् । मानिसले खाने हरेक खालका वस्तुहरु उत्पादन गर्ने कम्पनी जनस्वास्थ्यप्रति उत्तरदायी र जिम्मेवार हुनुपर्छ । उसले आफ्ना उत्पादन जनस्थास्थ्यप्रति ख्याल गर्दै बजारमा ल्याउनु पर्छ ।
जनस्वास्थ्यप्रति कुनै पनि हालतमा सम्झौता गर्न पाइँदैन । तर, पेप्सी कम्पनीले भने जनस्वास्थ्यको धज्जी उडाउँदै आफ्नो उत्पादनलाई बजारमा ल्याउने गरेको तथ्य यही बोतलले उजागर गर्छ । आखिर यस्तो गल्ती कसरी भयो त ? त्यसो त पटक पटक अखाद्य बस्तु सहित पेय पदार्थ बजारमा भेटिदा पनि सम्बन्धीत निकायले कुनै कारवाही गरेको उदाहरण देखिएको छैन् ।

प्रकाशित मिति: May 19, 2016

प्रतिक्रिया दिनुहोस्