Logo
१३ बैशाख २०८१, बिहीबार
(May 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सरकार विरुद्ध मधेशी–जनजातीसँगै अब प्रतिपक्षी कांग्रेस पनि सडकमा

काठमाडौं । एमाले अध्यक्ष खडग प्रसाद ओली नेतृत्वको सरकारविरुद्ध  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि सडकमा उत्रिएको छ । सरकार बिरुद्ध मधेशी-जनजाती दलहरुको सघिय गठबन्धन सडकमै रहेका बेला अब प्रतिपक्षि दल पनि सडकमा उत्रिएको हो ।
सरकारले कालोबजारी नियन्त्रण गर्न कुनै पहल नगरेको भन्दै कांग्रेले विद्यार्थी संगठन नेविसंघलाई सडकमा उतारेको हो । नेवि संघले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै राजधानीमा प्रदर्शन गरेको छ । 
काठमाडौं जिल्ला समितिको आयोजनामा प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनको अग्रभागमा बसेकाहरुले शिरमा काटो टालो बाँधेका थिए भने कालो मास्क नै लगाएका थिए ।
उनीहरुले बोकेको कालो ब्यानरमा ‘ओली सरकारको बहार, मन्त्री नै मन्त्री उपहार’, ‘सरकार कता हरायो ओलीजी, देश त कालो बजारीले चलायो’ जस्ता नारा लेखिएको थियो भने शंख समेत बजाइएको थियो । 
कोणसभामा नेवि संघ काठमाडौंका सभापति मनोज बैद्यले ओली सरकारले कालोबजारीलाई संरक्षण दिएको आरोप लगाए । नेपाल विद्यार्थी संघले १० गते विहान ८ बजे प्रधानमन्त्री निवास अगाडि खाली सिलिण्डर, जार प्रदर्शन गर्ने कार्यक्रम छ । 
नेविसंघका नेताहरुले प्रधानमन्त्री ओली गैरजिम्मेवार रुपमा प्रस्तुत हुन थालकाले प्रदर्शन गरेको भन्दै सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम ल्याउने बताएका छन् ।

प्रकाशित मिति: May 19, 2016

प्रतिक्रिया दिनुहोस्