Logo
१२ बैशाख २०८१, बुधबार
(May 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकतासगै प्रचण्डको घोषणाः ‘अब फेरी माओवादीको विजय यात्रा सुरु भयो’


काठमाडौं । विभाजित माओवादीहरु मिलेर नेकपा माओवादी केन्द्र बनेको छ । एकतासगै  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीहरुको पराजयका दिन सकिएको घोषणा गर्दे फेरी माओवादीको बिजय यात्रा सुरु हुने दावी गरे । 
एमाओवादीसहित १० वटा माओवादीको एकता भएको छ । र, नेकपा माओवादी केन्द्र गठन भएको हो । कम्युनिष्टका पाका नेता कष्णदास श्रेष्ठको अध्यक्षतामा भएको एकता घोषणा सभा भएको थियो ।  एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘माओवादीका पराजयका दिन सकियो । विजयको दिन सुरु भएको छ ।’
उनले अघि भने, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी लगायतका परिवर्तनका एजेण्डाहरु पराजय हुने दिन सकिए । माओवादीहरुलाई कमजोर पार्न, अपमानित गर्ने प्रवृत्तिको पराजयको दिन सुरु भयो । जनताको विजयको दिन सुरु भयो ।’
पार्टी एकता, माओवादीहरुको एकता मात्र नभई सच्चा कम्युनिष्टहरुको र राष्ट्रिय एकता पनि भएको उनले बताए । यो एकता वृहत शान्ति सम्झौता अनुसार सत्य निरुपणको काम गर्ने सुनिश्चित भएको उनले दाबी गरे । 
उनले भने, ‘माओवादीलाई कमजोर पारेपछि राजतन्त्र फर्काउने सपना देखेकाहरुको मृत्युको दिन सुरु भयो ।’ प्रचण्डले यो वर्षको अन्त्यसम्म पार्टीको महाधिवेशन गर्ने र कार्यदिशालाई विकसित गर्दै जाने बताए ।

प्रकाशित मिति: May 19, 2016

प्रतिक्रिया दिनुहोस्