Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पानीमा भिजेर भएपनि संघीय गठबन्धनको लगनखेलमा आमसभा

काठमाण्डौ । मधेशी–जनजाती दलहरुको गठबन्धन संघिय गठबन्धनले बुधवार घोषणा गरेको आन्दोलनका कार्यक्रम अन्तरगत बिहिबार पानीमा भिजेर भएपनि लदनखेल स्थित सभा गरेको छ । 
संघिय गठबन्धनले लगनखेल स्थित मंगलबजारमा गठबन्धनले बिरोधसभा गरेका हुन । मधेशी मोर्चासम्बन्ध संघीय गठबन्धनले बुधवार आफ्नो १० दिनको कार्यक्रम घोषणा गरेको थियो । 
दुई दिन सिंहदरवार र एक दिन बालुवाटार घेराउपछि बुधवारदेखि उपत्यकाका १० ठाउँमा आमसभा कार्यक्रम गरिने घोषणा गरेको थियो ।  
यसैगरी गठबन्धनले ७ गते नयाँ बानेश्वर, ८ गते स्वम्भू, ९ गते चाबहिल, १० गते किर्तिपुर, ११ गते नेपाःटोल ठिमी, १२ गते बालाजु बाइपास, १३ कलंकी चोक, १४ मधेपुर ठिमी र १५ गते बसन्तपुरमा गठबन्धनले आमसभा गर्नेछ । गठबन्धनले १६ गते वीरगञ्ज र १७ गते पोखरामा पनि आमसभा गर्ने भएको छ ।

प्रकाशित मिति: May 19, 2016

प्रतिक्रिया दिनुहोस्