Logo
७ बैशाख २०८१, शुक्रबार
(May 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ र मोदी बिच ४० मिनेट कुराकानी भएको दावी !

काठमाडौ । काठमाण्डौमा जारी आन्दोलनलाई छाडी नियमित उपचारका क्रममा दिल्ली गएका गएका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच ४० मिनेट कुराकानी भएको दावी गरिएको छ । 
भारत स्थित मध्यप्रदेशको उजैनमा आयोजित सिंहस्थ कुभ्भमेलामा गएको बेला भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक घटना क्रम, नेपाल भारत सम्बन्ध, मधेसमा जारी आन्दोलन लगायतका विषयमा करिब ४० मिनेट कुराकानी भएको तराई मधेस लोकतान्त्रिक पार्टीका एक नेताले दावीगर्दै बताए । 
उक्त नेताका अनुसार भेटवार्तामा भारतीय प्रधानमन्त्रीले नेपाल र मधेसको आन्दोलनप्रति आफ्नो सद्भाव ब्यक्त गर्दै नेपालमा राजनीतिक स्थायीत्व कायम गरेर विकासको बाटोमा अघि बढाउनु पर्ने आवश्यकता औल्याएका थिए ।
चार दिन अघि भएको भेटवार्तामा मोदीले आफूले भारत भ्रमणको बेला नेपालका प्रधानमन्त्री केपी ओलीसँग पनि मधेसको समस्या र नेपालको विकासको विषयमा कुराकानी गरेको बताउँदै संविधानमा मधेसीहरुको समेत अपनत्व हुने गरी मागहरु संबोधन गर्नु पर्ने पक्षमा आफूहरु रहेको स्पष्ट पारेका थिए ।
मोदीले बार्ताको विकल्प नरहेको भन्दै कतै न कतै नेगोसिएसन गरेर दलहरुवीच कुराकानी गरी सहमति जुटाउनु पर्ने सुझाव दिएका थिए । ठाकुरले आफूहरु अहिले पनि विभिन्न पक्षसँग मिलेर आन्दोलनमा रहेको जानकारी दिदैँ आफुहरु बार्ताकोलागि तयार भएपनि सरकार त्यती सकारात्मक नभएको गुनासो पाखेका थिए ।
जवाफमा मोदीले भने,‘कतै नै कतै तपाईहरुले नेगोसिएसन गर्नै पर्छ । नेगोसिएसन नै महत्वपूर्ण हुन्छ । बार्ता थाल्नुस् र त्यसैबाट समाधान खोज्नुस् ।’ मोदीले बार्ताबाट समाधान खोजेर नेपाललाई विकासको बाटोमा अघि बढाउनु पर्ने बताएका थिए । तर भारतीय पक्षले भने यस भेटबारे कुनै पुस्टि गरेको छैन । 

प्रकाशित मिति: May 19, 2016

प्रतिक्रिया दिनुहोस्